प्रमुख समाचार

संसद्‌, न्यायालय र सरकारको अवस्था हेर्दा लाज लाग्‍ने छ : पोखरेल

इकागज | भदौ २७, २०७९

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारका कारण मुलुकको सुशासन लज्जाजनक अवस्थामा पुगेको बताएका छन् । सोमबार काठमाडौँको विशालनगरमा पुनर्निर्मित पञ्चकुमारी धर्मशालाको उद्घाटन गर्दै पोखरेलले संसद्‌, न्यायालय र सरकारको अवस्था हेर्दा लाज मान्नुपर्ने अवस्था आएको बताएका हुन् ।

उनले राजनीतिक दलहरुमा पनि विकृति पैदा भएकाले खबरदारी गर्नुपर्ने बेला आएको बताए । मुलुकलाई सहि दिशामा लैजान अहिलेको प्रणालीलाई बलियो बनाउनुपर्ने उनको भनाई छ । उनले दलिय प्रणालीलाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुने जिकिर गरे ।

त्यस्तै बागमती प्रदेश सांसद नारायण सिलवालले मापदण्डको पूर्वजानकारी नराखि काठमाडौँ महानगरले आतंक फैलाएर संरचना भत्काउने काम गरेको बताए । उनले एक जना व्यक्ति पनि अन्यायमा नपर्ने गरि महानगरले आफ्नो काम अघि बढाउनुपर्ने धारणा राखे ।

उनले आतंकको रुपमा नभई सचेतना फैलाउँदै सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्ने धारणा राखे । 

पूरा बाहुला भएको पोशाक लगाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

इकागज | भदौ २७, २०७९

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीलाई पूरा बाहुला भएको पोशाक लगाउन निर्देशन दिएको छ । ...

दार्चुलाको बंगाबगडमा फेरि कटान : महाकाली नेपालतर्फ बग्दै, घरहरू उच्च जोखिममा

इकागज | भदौ २७, २०७९

दार्चुला - दार्चुलामा कटान रोकिएको छैन । महाकाली नदीको बहाव नेपालतर्फ आएको र लास्कु खोलामा पनि बाढी आ...