पर्यटन पूर्वाधारका आयोजना निर्माण गर्दा अनुमति लिन निर्देशन
काठमाडौँ- सरकारले साहसिक एवं पर्यटन पूर्वाधारका आयोजना निर्माण गर्दा अनुमति लिन निर्देशन दिएको छ । कतिपय व्यवसायीले साहसिक खेलको भौतिक संरचना निर्माण गर्दा अनुमति नलिएकाले कानुनबमोजिम कारबाही र जरिवाना गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चेतावनी दिएको छ ।
बन्जी जम्पिङ, स्वीङ, क्यानोनिङ, स्काई ड्राइभिङ, जिप फ्लाइङ, हाई रोप्स, स्काइ वाक, प्याराग्लाइडिङ, अल्ट्रालाइट, एम्युजमेण्ट पार्क र फर्न पार्क जस्ता साहसिक खेलको भौतिक संरचना निर्माण गर्दा अनुमति लिनका लागि पर्यटन विभागले जनाएको छ ।
पछिल्लो समय कतिपय व्यवसायीले साहसिक खेलको भौतिक संरचना निर्माण गर्दा अनुमति नलिएको पर्यटन विभागले जनाएको छ । व्यवसाय, उद्योग दर्ता नगरी, ईजाजत नलिइ, नवीकरण नगरी सञ्चालन गरेको भए व्यवसाय , उद्योग दर्ता गरी नवीकरण गरेर सञ्चालनमा ल्याउन विभागले निर्देशन दिएको छ ।
वातावरण संरक्षण नियमावली, २०७७ को नियम ३ सँग सम्बन्धित अनुसूचि १ घ (२) बमोजिम साहसिक प्रकृतिका खेलहरू न्जी जम्पिङ, स्वीङ, क्यानोनिङ, स्काई ड्राइभिङ, जिप फ्लाइङ, हाई रोप्स, स्काइ वाक, प्याराग्लाइडिङ, अल्ट्रालाइट, एम्युजमेण्ट पार्क र फर्न पार्क जस्ता व्यवसाय सञ्चालन गर्दा अनुमति लिनुपर्ने व्यवस्था छ ।