प्रमुख समाचार

सर्वोच्चको भवन निर्माणको ठेक्का सदर गर्ने काममा गल्ती गरेको प्रधानन्यायाधीश जबराले स्वीकारे

इकागज | भदौ २६, २०७९

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको भवन निर्माणको ठेक्का सदर गर्ने काममा आफूले गल्ती गरेको स्वीकार गरेका छन् ।

आइतबार प्रतिनिधि सभा अन्तरगतको महाअभियोग सिफारिस समितिको बैठकमा बयान दिने क्रममा उनले सो कुरा स्वीकार गरेका हुन् । समितिका सदस्यहरूले सोधेका सो सम्बन्धी प्रश्नको जवाफ दिने क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले रजिस्ट्रारले सदर गर्नुपर्ने सो फाइल आफूले सदर गरेर गल्ती गरेको बताए । सो क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले सहयोग गरेको पनि जबराले बताएको समितिका सदस्य समेत रहेका काँग्रेस नेता मिनबहादुर विश्वकर्माले जानकारी दिए ।

बैठकमा जबरामाथि भ्रष्टाचारसम्बन्धी प्रश्नहरू सोधिएको थियो । यसैबीच, समितिले जबरामाथि लगाइएको महाअभियोगको डकुमेन्टेसनकाे काम भने यही भाद्र २८ गते–पर्सी) देखि सुरू गर्ने महाअभियोग सिफारिस समितिले जनाएको छ । समितिका सदस्य एवम् एमालेका सांसद कृष्णभक्त पोखरेलले उनीमाथि लगाइएको अभियोग पुष्टि हुने खालका डकुमेन्टहरूको व्यवस्थापन गर्ने काम पर्सी २८ गतेबाट सुरू गर्ने योजना तय गरिएको बताए ।

प्रमुख प्रतिपक्ष एमालेले जबरामाथि लगाइएको महाअभियोग प्रस्ताव अघि बढाउने काममा ढिलाई भएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ । 

दलीय स्वार्थका कारण न्यायपालिका ध्वस्त हुने अवस्थामा पुग्याे : जबरा

इकागज | भदौ २६, २०७९

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले दलीय स्वार्थका कारण न्यायपालिका ध्वस्त हुने ...

'सस्टेनेवल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फोरम' भदौ २९ गते काठमाडौँमा

इकागज | भदौ २६, २०७९

काठमाडौँ - दिगो विकास लक्ष्य प्राप्तिका लागि जिआरआइडी अर्थात हरित, उत्थानशील र समावेशी विकास हासिल...

तालिम सञ्चालन गर्नुपर्ने रकम अनियमितता गर्ने ११ विरुद्ध अख्तियारमा मुद्दा

इकागज | भदौ २६, २०७९

काठमाडौं– चामुण्डा माध्यमिक विद्यालय दैलेखलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट विभि...

ठेक्का व्यवस्थापन प्रक्रियाका आयोजना प्रमुखसहित पदाधिकारीलाई कारबाही गर्न सरकारलाई निर्देशन

इकागज | भदौ २६, २०७९

काठमाडौँ- संसदीय समितिले काठमाडौँ-निजगढ द्रुतमार्ग आयोजनाको ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्न आयो...