बेचन झाले पोलिग्राफ परीक्षण गर्न मानेनन्
काठमाडौँ- बेचन झाले आफ्नो पोलिग्राफ परीक्षण गर्न अस्वीकार गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका झाले अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँका अधिकृतहरूले पोलिग्राफ गर्न खोजे पनि अस्वीकार गरेका हुन् ।
उनीविरुद्ध जिल्ला अदालत काठमाडौँमा दायर मुद्दासँगै उनले पोलिग्राफ परीक्षण गर्न नमानेको व्यहोराको प्रतिवेदन पनि समावेश गरिएको छ ।
झाले सरकारी वकिलको रोहबरमा प्रहरीसँग उनले इन्कारी बयान दिएका थिए ।