प्रमुख समाचार

१० टन चिनीसहित मिनी ट्रक प्रहरी नियन्त्रणमा

इकागज | साउन २८, २०८१

बरहथवा (सर्लाही)- सर्लाहीमा प्रहरीले रु सात लाख बराबरको १० टन चिनीसहित मिनी ट्रक नियन्त्रणमा लिएको छ । 

आइतबार इलाका प्रहरी कार्यालय केश्वरगञ्जको टोलीले ईश्वरपुर नगरपालिका–५, सखुवनी टोलबाट चिनीसहितको मिनी ट्रक पक्राउ गरेको हो । बयलवासबाट सिन्धुलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १६०० नम्बरको ट्रक जाँच गर्दा बिलविजकमा कैफियत देखिएपछि नियन्त्रण लिइएको प्रहरी नायब उपरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए । 

ट्रकमा ५० किलोग्रामका दुई सय बोरा चिनी रहेका प्रहरीले जनाएको छ । ट्रक चालक ताप्लेजुङ जिल्लाको आठराइ त्रिवेणी गाउँपालिका–२, निवासी ३७ वर्षका झलक लिम्बूलाई नियन्त्रण लिई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय मलङ्गवामा पठाएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । 

प्रधानमन्त्री ओलीले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

इकागज | साउन २७, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका...

कांग्रेसले नाम दिने बित्तिकै कोशी प्रदेश सरकार विस्तार गरिन्छ : मुख्यमन्त्री कार्की

इकागज | साउन २७, २०८१

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली कांग्रेसले नाम दिने बित्तिकै कोशी प्रदेश ...

मनसुनजन्य घटनाको पूर्वतयारीलाई थप प्रभावकारी बनाउँछौं : गृहमन्त्री लेखक

इकागज | साउन २७, २०८१

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो लगायत मनसुनजन्य घटनाको पूर्वतयारीलाई थप प्रभावकारी बनाउँद...

तारागाउँ विकास समितिको जग्गा प्रकरणमा छानबिन गर्नुपर्ने सांसदहरूको माग

इकागज | साउन २७, २०८१

काठमाडौँ- सांसदहरूले तारागाउँ विकास समितिको जग्गा प्रकरणमा छानबिन गर्नुपर्ने धारणा राखेका छन् । सिं...

उत्पादन र रोजगारी वृद्धितर्फ ध्यान केन्द्रित गर्न लुम्बिनी सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह

इकागज | साउन २७, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारी वृद्धितर्फ ध्यान केन्द्...