प्रमुख समाचार

माओवादी स्थायी समिति बैठक बस्दै, टुङ्ग्याउँला पदाधिकारी ?

इकागज | भदौ २, २०७९

काठमाडौँ - सत्तारूढ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ९ बजे स्थायी समिति बैठक बस्न लागेको हो । 

बैठकमा पदाधिकारी चयनबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनका अनुसार आजको बैठकले माओवादी पदाधिकारी टुंगो लगाउने छ । माओवादी स्थायी समिति बैठक बुधबार पनि बसेको थियो । 

‘बुधबारको बैठक संगठनसम्बन्धी एजेण्डामा केन्द्रित भयो। खास गरेर केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटीमा थप्नुपर्ने केही साथीहरूका बारेमा छलफल भयो,' उनले भने, ' करिब-करिब टुंगोमा पुगेका छौँ । आज पदाधिकारी पनि टुंगो लाग्छ ।'

माओवादीले गत पुसमा महाधिवेशन गरेको थियो । तर हालसम्म पनि पदाधिकारी छान्न सकेको छैन । 

राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट भोलि पारित गर्ने तयारी

इकागज | भदौ १, २०७९

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट भोलि प...

प्रधानन्यायाधीश राणाको महाअभियोग सिफारिस समितिको पहिलो बैठक आज

इकागज | भदौ १, २०७९

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग अध्ययन गर्न प्रतिनिधिसभाले गठन गरेको महा...