प्रमुख समाचार

चुनाव : विप्लवले बहिस्कार गर्ने, सीपी गजुरेल भाग लिने

इकागज | भदौ १, २०७९

काठमाडौँ- आगामी ४ मंसिरमा हुन गइरहेको संघीय तथा प्रदेश निर्वाचनमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्‍ट पार्टीले निर्वाचनमा भाग नलिने भएको छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा शान्ति प्रक्रियामा आएको चन्द नेतृत्वको नेकपाले संघीय र प्रदेश संसद्‌का दुवै चुनाव बहिस्कार गर्ने भएको हो ।

शान्ति प्रक्रियमा आए पनि अझै पनि मुद्धाहरू फिर्ता नभएको भन्दै सरकारकासँग आक्रोशित चन्द समूहले निर्वाचन प्रयोजनका लागि दल दर्ता नगराएको बुझिएको छ ।

उता, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा आवद्ध सीपी गजुरेलले भने देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल पार्टीमार्फत निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । गजुरेल नेतृत्वको सो मोर्चा वैद्य समूहको एक घटक हो । 

कस्तो रहला आजको मौसम ?

इकागज | भदौ १, २०७९

काठमाडौँ - हाल प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइर...

कर्णालीवासीको गुनासो सुन्न ‘हाम्मा कुडा हाम्मा मुख्यमन्त्री’

लक्ष्मी भण्डारी | साउन ३१, २०७९

सुर्खेत । कर्णाली सरकारले नागरिकका गुनासा तथा समस्या सुन्नको लागि हाम्मा कुडा, हाम्मा मुख्यमन्त्री एप्स र ह...

उच्च अदालत विराटनगरमा दुई वर्ष नाघेका मुद्दाको संख्या शून्य

बाबुराम भण्डारी | साउन ३१, २०७९

विराटनगर- अदालतप्रति नागरिकको जनआस्था बढाउन न्याय प्रणालीलाई छिटो र सरल बनाउँदै लैजाने अभियान अन्तरगत ...