प्रमुख समाचार

जिल्ला कृषि विकास कार्यालयमा मदिरा पार्टी : सुब्बादेखि हाकिमसम्म मस्त

इकागज | साउन १८, २०७९

सुर्खेत - जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालसहित अन्य कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन् । मंगलबार बेलुका सात बजेको समयमा कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिक सहित कार्यकक्ष परिसरमै मदिरा सेवन गरिहेको अवस्थामा फेला परेका हुन् । 

नेत्र विक्रम  चन्द ( विप्लव) नेतृत्वको नेकपा जाजरकोटले कार्यालयमा मदिरा सेवन गरिरहेका उनीहरूलाई पक्राउको माग गर्दै जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई बुझाएको छ । 

कार्यालयको ढोका बन्द गरी नागरिक कक्षमा मदिरा सेवन गरिरहेका थिए ।  सरकारी कार्यालयभित्र मदिरा सेवन गर्नु कस्तो गैरजिम्वारीपन ? भन्दै नेकपा भेरी नगर कमिटी ईन्चार्ज विराजन शाहीले कारबाहीको माग गरेको बताए ।

यस बारेमा बुझ्न खोज्दा आफ्नै क्वाटरको बाहिर साथीभाइ बसिरहेको कार्यालय प्रमुख धितालले बताए । तर  प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले आवश्यक कारबाही गरिने बताए । उनले भने, ‘बुधबार बिहान छलफलका लागि बोलाएका छौं आवश्यक कारबाही हुन्छ ।’ 

परीक्षा बोर्डले भन्योः कक्षा ११ को विद्यार्थी भर्नाको समय साउन मसान्तसम्म राख्‍नू

इकागज | साउन १८, २०७९

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को विद्यार्थी भर्नाको समय साउन मसान्तसम्म राख्‍न ...

सत्तारुढ गठबन्धनले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाएर निर्लज्जता प्रकट गर्‍याे : ओली

इकागज | साउन १७, २०७९

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनल...

प्रतिनिधिसभाको कार्यकालसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव लैजाने तयारी

इकागज | साउन १७, २०७९

काठमाडौँ- २०७४ मा संघीय चुनाव मंसिर १० गते र मंसिर २१ गते गरी दुई चरणमा भएको थियो । दलहरूबाट समान...