प्रमुख समाचार

नेकपा (क्रान्तिकारी माओवादी) र बहुमतबीच एकता हुने

इकागज | साउन २०, २०७९

काठमाडौं - नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)ले पार्टी एकता गर्ने निर्णय गरेका छन् । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहितको वार्ता टोलीको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो ।

दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन दुई पार्टीका ६/६ जना गरी १२ सदस्यीय संयोजन समिति गठन गरेको छ ।

सहमतिपछि जारी संयुक्त वक्तव्यमा किरण र कन्चणले एकता प्रकृयामा सामेल हुन पार्टी संगठन र  नेता-कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।

समितिमा किरण, सिपी गजुरेल, हरिभक्त कंडेल, परि थापा, इन्द्र मोहन सिग्देल र रामसिंह श्रीस र धर्मेन्द्र बास्तोला,  हेमन्तप्रकाश वली, दिपक चलाउने,  गुणराज लोहनी, कृष्ण धमला, देवकला अधिकारी सदस्य रहेका छन् ।


 

गुल्मी देशकै सर्वोत्कृष्ट जिल्ला प्रशासन, दोस्रोमा अर्घाखाँची

इकागज | साउन २०, २०७९

काठमाडौं - गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय गुल्मी सर्वोत्कृष्ट भएको छ। गत वर्...

साइकल खरिदमा भ्रष्टाचार प्रकरण : मुख्यमन्त्रीलाई राजीनामा दिन माग

सुभाष कर्ण | साउन १९, २०७९

जनकपुरधाम- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारको साइकल खरिद भ्रष्टाचार घटनामा मु...