प्रमुख समाचार

एकैदिन थपिए ८ सय ९५ संक्रमित

इकागज | साउन १६, २०७९

काठमाडौँ- देशभर ८९५ जनामा कोभिड-१९ संक्रमित पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९०९ जनाको कोभिड परीक्षण गरिएको थियो ।

२४ घण्टामा २६३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरबाट ९ लाख ७० हजार ३२६ जना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी आज मात्र १ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभरबाट ११ हजार ९६८ संक्रमितको मृत्यु भइसकेको छ ।

देशभर सक्रिय संक्रमित ४ हजार ९३४ जना छन् । आज मात्र ३३ हजार १७६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

विराटनगर महानगरमा जताततै बेथिति, बेरुजुमात्रै साढे १ अर्ब बढी

बाबुराम भण्डारी | साउन १६, २०७९

विराटनगर - विराटनगर महानगरपालिका आर्थिक अनुशासन उल्लंघन गर्नेमा मोरङका १७ स्थानीय तहमध्ये सबैभन्दा अगाड...

हेटौँडावासीलाई निःशुल्क पानी, बागमतीमा कुवाको पानी लिन तीन घण्टा धाउनुपर्ने बाध्यता

सरिता दाहाल | साउन १६, २०७९

मकवानपुर - नेपालको संविधानमा प्रत्येक नागरिकलाई शुद्ध खानेपानी तथा सरसफाईमा पहुँचको हक हुने उल्लेख छ ...