प्रमुख समाचार

नेपालमा जलविद्युतकाे कायाकल्पबारे नयाँ दिल्लीमा छलफल

इकागज | असार २३, २०७९

काठमाडौं । नेपाल–भारत सहयोग’ विषयक राउण्ड टेबल आज अपरान्ह ३ बजेदेखि सुरु भएको छ । 
एसोसिएटेड चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्र अफ इण्डिया (असोचम) ले आयोजना गरेको उक्त राउण्ड टेबलमा दुवै देशका सरकारी र निजी क्षेत्रका लब्ध–प्रतिष्ठित व्यक्ति तथा पदाधिकारीहरु सहभागी छन् । कार्यक्रममा भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले विशेष सम्बोधन गरे ।

कार्यक्रममा नेपालमा जलविद्युत्मा नीति तथा लगानीको हावापानीबारे ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले विशेष प्रस्तुति गरेका थिए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र त्यस्तै जलविद्युत् व्यवसायी तथा नेपाल उद्योग परिसंघको ऊर्जा विकास परिषदका ज्ञानेन्द्रलाल प्रधानले नेपालको जलविद्युत् उद्योगका प्रमुख मुद्दाहरुबारे प्रकाश पारे ।

यसैगरी विद्युत् प्राधिकरणका निर्देशक प्रबल अधिकारी, स्वतन्त्र विद्युत् ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का पूर्व अध्यक्ष शैलेन्द्र गुरागाई र मुक्तिनाथ केबल कार प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले नेपालका उद्योगहरुले अनुभव गरेका चासोका विषयबारे प्रस्तुति गर्दैछन् ।

साँझको साढे पाँच बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा सीमापार विद्युत् व्यापारका विषयमा स्ट्याटक्रफ्ट मार्केट्सका प्रबन्ध निर्देशक सञ्जीव मेहेरा, भारतीय जलविद्युत् उद्योगबारे स्ट्याटक्राफ्ट इण्डियाका कन्ट्री हेड (प्रमुख) तथा असोचमका अध्यक्ष राहुल वर्रस्ने र भारतमा जलविद्युत्को कायाकल्पबारे व्यवसाय प्रवद्र्धन सल्लाहकार अक्टस एड्भाइर्जसका परामर्शदाता साझेदार अंकित होसिङले प्रस्तुति गर्ने भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथ भारतीय विद्युत् मन्त्रालयका सहसचिव रघुराज माधव राजेन्द्रन रहेका छन् ।
 

माओवादीले भन्यो - एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस्

इकागज | असार २३, २०७९

काठमाडौँ - सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी...

पोखराका पूर्व मेयरले सुटुक्क दिएको जग्गाको ठेक्का रद्ध गर्ने तयारी

धनबहादुर गुरुङ | असार २३, २०७९

पोखरा । पोखरा महानगरका पूर्व मेयर मानबहादुर जिसीले एक्लै निर्णय गरेर निजी क्षेत्रलाई दिएको जग्गाको सम्झौ...

चितवनमा हैजाको जोखिम

इकागज | असार २३, २०७९

चितवन - सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडामा हैजाको सङ्क्रमण देखिएपछि चितवन उच्...