प्रमुख समाचार

इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ

इकागज | असार २२, २०७९

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.७० पैसा र विक्रीदर १२७.३० पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ । 

युरो १ को खरिददर १३०.४५ पैसा  र विक्रीदर १३१.०७ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.११ पैसा र विक्रीदर ८६.५२ पैसा रहेको छ ।

जापानी येन १० को ९.३२ पैसा रहेको छ । विक्रीदर ९..३६ पैसा रहेको छ । यस्तै, चाइनिज युआन १ को १८.९० पैसा  विक्रीदर १८.९९ पैसा रहेको छ । 

कतार रियाल १ को ३४.६९ पैसा रहेको छ । विक्रीदर ३४.८५ पैसा रहेको छ । साउदी अरब रियाल १ को खरिददर ३३.७६ र विक्रीदर ३३.९२ पैसा रहेको छ ।

रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको छ ।

कस्तो रहला आजको मौसम ?

इकागज | असार २२, २०७९

काठमाडौँ - हाल देशभर सामान्य बदली रहेको छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थो...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै, प्रचण्डले पदाधिकारी प्रस्ताव गर्ने

इकागज | असार २२, २०७९

काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । मंगलबार बस्ने तय भएको बैठक आजलाई स...