प्रमुख समाचार

अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना : एकको मृत्यु, ४३ जना घाइते

इकागज | असार १७, २०७९

बनेपा- काभ्रेको बनेपामा अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ४३ जना घाइते भएका छन् ।

बनेपा-१० स्थित अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रका कर्मचारी बोकेको बा.१.ज ५७४७ नम्बरको बस दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार दुर्घटनामा ५२ वर्षीय लेख कुमारी बस्नेतको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चक्रराज जोशीले कर्मचारी बोकेर निस्केको अस्पतालको बस मोटरसाइकललाई साइड दिने क्रममा भासिएर पल्टिएको हो । घाइतेको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

के तपाईंको भर्खरै जन्मेको शिशु स्वस्थ छ ? साउन २० गते पुरस्कार जित्‍न सक्छ है !

इकागज | असार १६, २०७९

काठमाडौँ- के तपाईंको शिशु भर्खरै जन्मेको छ ? स्वस्थ्य र आकर्षक छ भने पुरस्कार जित्न सक्छ है ! अबको एक महिन...

'हैजा फैलन सक्छ देशभरका अस्पताल र स्वास्थ्यकर्मी तयारी अवस्थामा रहनू'

इकागज | असार १६, २०७९

काठमाडौँ- मनसुन सक्रिय रहेकाले विभिन्न सरुवा रोग तथा हैजा फैलन सक्ने भएकाले अस्पताललाई तयारी अवस्थामा ...

सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

इकागज | असार १६, २०७९

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको ...