प्रमुख समाचार

सार्वजनिक कार्यक्रममै खनाल र नेम्वाङको सवालजवाफ

इकागज | असार १६, २०७९

काठमाडौं- एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र एमाले उपाध्यक्ष सुवास नेम्वाङबीच सवालजवाफ भएको छ । सिंहदरबारमा बिहीबार ६४औँ संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा दुई शीर्ष नेताबीच सवाल जवाफ भएको हो ।

कार्यक्रममा खनालले एमालेको संसद् अवरोधका कारण  जनताको कुरा राख्न नपाएको बताए । पछिल्लो समय निरन्तर नौ महिनासम्म अवरोध गरेको उल्लेख गर्दै उनले अवरोधका कारण पुनर्स्थापित प्रतिनिधिसभामा पनि जनताको कुरा राख्न नपाइएको र सरकारले कानुन बनाउन नपाएको गुनासो गरे । 

दुई दुई पटक संसद भंग गर्ने एमालेको प्रयासलाई सर्वोच्च अदालतले रोकेको भन्दै खनालले पुनर्स्थापित संसदमा पनि एमालेले निरन्तर अवरोध गरेको बताए । जसकारण संसद् प्रभावकारी नहुँदा गैरदलीय प्रवृत्ति देखापर्न थालेको खनालको भनाइ छ । 

संसद् भंग गर्ने प्रयास र संसदमा लामो अवरोध गरेको भन्दै खनालले एमालेको आलोचना गरेपछि सुवास नेम्वाङले जवाफ फर्काएका छन् । एमाले संसदीय दलको उपनेतासमेत रहेका नेम्वाङले भने, ‘संसद् अवरोध अहिलेको कुरा गर्नु भयो । विगतमा पनि अवरोध भएको थियो । को-को थियाैं विगतमा अवरोध गर्नेहरू सम्झिऔँ ।’

के कारणले संसद् अवरोध हुन्छ भन्ने विषयमा अध्ययन गर्न सुझाव दिँदै नेम्वाङले भने, ‘के कारणले संसद अवरोध हुन्छ भनेर पूर्वसांसद मञ्चलाई अध्ययन गर्न र निचोड दिन अनुरोध गर्न चाहन्छु ।’ 

इजरायली दूतावासले भन्योः केयर गिभरमा जाने प्रक्रिया अगाडि बढ्यो, व्यक्तिगत विवरण अद्यावधिक गर्नू

इकागज | असार १६, २०७९

काठमाडौँ- इजरायलले रोकिएको 'केयर गिभर' कामदार पठाउने प्रक्रिया अगाडि बढाएको छ । नेपालस्थित इ...

सम्पत्तिमाथि महिलाको समान हक सुनिश्चित गर्नुपर्ने पूर्वमन्त्रीहरूको मत

इकागज | असार १६, २०७९

काठमाडौँ - कर्णाली प्रदेशका पूर्वमन्त्रीहरूले सम्पत्तिमाथि महिलाको समान हक सुनिश्चित गर्न जरुरी रहेको बताए...

कात्तिक वा मंसिरसम्ममा सङ्घ र प्रदेशको निर्वाचन : प्रमुख आयुक्त थपलिया

इकागज | असार १६, २०७९

काठमाडौँ - निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र सङ्घ र ...

लुकाकु इन्टर फर्किए

इकागज | असार १६, २०७९

काठमाडौँ- बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु लोनमा इन्टर मिलान फर्किएका छन् । गत वर्षको सरुवा बजारमा ...