प्रमुख समाचार

डुबानमा झापा

इकागज | असार १४, २०७९

झापा- भारी वर्षाका कारण झापाका अधिकांश स्थान डुबानमा परेको छ । सोमबार रातिबाट आएको अविरल वर्षाले झापाका अधिकांश क्षेत्र डुबानमा परेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जनाएको छ ।

जिल्लाका कनकाई माई, बिरिङ रतुवा, मेची, कमल, बनियानीजस्ता साना–ठूला नदीको बहाव बढेको छ । केही नदी गाउँ पसेका छन् । नदी कटान तीव्र भएकाले नदी गाउँमा पस्‍ने खतरा रहेको उनले बताए । ‘राजमार्ग दक्षिणका अधिकांश भू–भाग डुबानमा छ । विस्थापितको संख्या कम भए पनि हजारौं घर डुबानमा परेका छन्,’ ढकलले भने, ‘केही नदी बस्तीमा पर्ने खतरा छ ।’

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले अधिकांश नदी बस्तीमा पस्‍ने खतरा रहेकाले सतर्क रहन आग्रह गरे । उनले हालसम्म गौरीगञ्ज–१ महाभारामा ४ घर विस्तापित भएको बताए । बाँकी ठाउँबाट विस्तापित भएको सूचना नआएको उनको भनाइ छ । ‘गौरीगञ्ज–१ मा चार घर विस्तापित भएका छन् । केही ठाउँमा नदीले कटान सुरु गरेको छ,’ उनले भने, ‘उद्धारका लागि सुरक्षा निकायको टोली तैनाथ राखेका छौँ ।’

न्यूजिल्यान्डले भारत, इंगल्यान्ड र श्रीलंकासँग क्रिकेट सिरिज खेल्ने

इकागज | असार १४, २०७९

काठमाडौँ – न्यूजिल्यान्डले घरेलु मैदानमा भारत, इंगल्यान्ड र श्रीलंकाविरुद्ध क्रिकेट सिरिज खेल्ने भएक...

खानेपानीको जार/बोत्तलमा खाद्यको लेवल नम्बर नभएमा प्रयोग नगर्न विभागको अनुरोध

इकागज | असार १४, २०७९

काठमाडौँ - खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपत्यकामा प्रयोग हुने खानेपानी जार वा बोत्तलको&n...