प्रमुख समाचार

पेरिस ओलम्पिकमा ७० देशले जिते पदक, अमेरिका शीर्ष स्थानमा

इकागज | साउन २१, २०८१

काठमाडौँ- जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ७० देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि ४३ देशले स्वर्ण पदक जितेका छन् भने कुल ७० देशले पदक जितेका छन् ।

जसमा अमेरिका १९ स्वर्ण, २६ रजत र २६ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ भने चीन १९ स्वर्ण, १५ रजत र ११ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै आयोजक फ्रान्स १२ स्वर्ण, १४ रजत र १८ काश्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने अस्ट्रेलिया १२ स्वर्णसहित ११ रजत र ८ काश्य पदक जितेर चौथो स्थानमा रहेको छ ।

त्यसैगरी ग्रेट ब्रिटेन १० स्वर्ण, १२ रजत र १५ काश्य पदकसहित पाँचौं स्थानमा रहेको छ । त्यस्तै दक्षिण कोरियाले १० स्वर्ण, ७ रजत र ७ काश्य पदक जितेको छ भने जापानले ९ स्वर्णसहित ५ रजत र १० काश्य पदक जितेको छ । 

त्यसैगरी इटालीले ७ स्वर्ण, १० रजत र ५ काश्य पदक जितेको छ भने नेदरल्याण्डसले ६ स्वर्ण, ५ रजत र ४ काश्य पदक जितेको छ । त्यस्तै जर्मनीले ५ स्वर्ण, ५ रजत र २ काश्य पदक जितेको छ भने क्यानडाले ५ स्वर्ण, ४ रजत र ८ काश्य पदक जितेको छ ।

त्यसैगरी रोमानिया, हंगेरी र आयरल्याण्डले ३-३ स्वर्ण पदक जितेका छन् भने न्यूजील्याण्ड, स्विडेन, क्रोसिया, बेल्जियम, हङकङ, अजरबैजान, फिलिपिन्स र सर्बियाले २-२ स्वर्ण पदक जितेका छन् । 

त्यसैगरी ब्राजिल, इजरायल, स्पेन, जर्जिया, स्वीजरल्याण्ड, काजकिस्तान, दक्षिण अफ्रिका, चाइनिज ताइपेइ, उज्बेकिस्तान, चेक रिपब्लिक, ग्वाटेमाला, अर्जेन्टिना, अल्जेरिया, चिली, डोमिनिक, इक्वेडर,  स्लोभेनिया, सेन्ट लुसिया, नर्वे, र युगाण्डाले एक एक स्वर्ण पदक जितेका छन् ।  

त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा जमैका, मेक्सिको, उत्तर कोरिया, ग्रिस, पोल्याण्ड, कोसोभो, टर्की, अर्मेनिया. डेनमार्क, इथोपिया, फिजी,  मंगोलिया, ट्युनिसिया, भारत, मोलडोभा, ताजकिस्तान, डोमिनिका अस्ट्रिया, काबो भेर्ड़े, इजिप्ट, ग्रेनाडा, इन्डोनेसिया, लुथियाना, मलेसिया, पोर्चुगल र स्लोभाकिया रहेका छन् ।

राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रलाई थप प्रभावित हुन दिँदैनौँ : अर्थमन्त्री पौडेल

इकागज | साउन २०, २०८१

ललितपुर- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्र थप प्रभावित ...

क्यानडामा खेल्ने आइसीसी विश्वकप लिग-२ को सिरिजका लागि नेपालको प्रारम्भिक टिमको घोषणा

इकागज | साउन २०, २०८१

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी सेप्टेम्बरमा हुने क्यानडा र ओमानविरुद्धको आइसीसी क्रिकेट वि...

बोलबम यात्री सवार ट्याक्टर दुर्घटना : घाइते महिलाको उपचारका क्रममा मृत्यु

इकागज | साउन २०, २०८१

बरहथवा (सर्लाही)- बोलबम यात्री सवार ट्याक्टर दुर्घटनामा परी गम्भीर घाइते महिलाको उपचारका क्रममा मृत्...

शेखर कोइराला भन्छन्- सरकारमा केही कमजोरी देखियो भने आवाज बुलन्द गर्नुपर्छ

इकागज | साउन २०, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस-एमाले लगायत साना दलको गठबन्धन सरकार ठीक...

त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको रङ्गशालामा रुपान्तरण गरिने

इकागज | साउन २०, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रि...