प्रमुख समाचार

जापानले भवन सरसरफाइ तथा व्यवस्थापनमा नेपाली कामदार लैजाने

इकागज | साउन १८, २०८१

काठमाडौँ- जापानमा भवन सरसरफाइ तथा व्यवस्थापनको काममा जान चाहने नेपाली कामदारको भाषा र सीप परीक्षण नोभेम्बरको २७ देखि डिसेम्बर ८ तारिकभित्र हुने भएको छ ।

जापानको (एसएसडब्लू) प्रणालीमार्फत जापान जान चाहने कामदारको परीक्षाका लागि तयारीको अवस्था बुझ्न नेपाल आएको जापानका टोलीले वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेसँग छलफल गर्दै परीक्षाका बारेमा जानकारी गराएको हो । जापानमा कामदार पठाउन नेपाल सरकारसँग भएको सम्झौता र कार्यविधिका आधारमा दक्ष जनशक्तिलाई जापान पठाउन लागिएको विभागका महानिर्देशक घिमिरेले बताए ।

छलफलका क्रममा भाषा र सीप परीक्षणका लागि भइरहेको तयारीका बारेमा कुराकानी भएको उनले बताए । उनले जापानमा एउटै कम्पनीमार्फत ३० हजार कामदार लैजान जापानी टोली इच्छुक देखिएको जानकारी दिए ।

भवन सरसरफाइ तथा व्यवस्थापनको काममा पहिलो पटक जापानले नेपाली कामदार लैजान लागेको हो । परीक्षाको सम्पूर्ण काम काठमाडौँस्थित पिएनटी ट्रेनिङले व्यवस्थापन गर्ने जापानी टोलीले जनाएको छ । 

विद्युतीय व्यापार विधेयक छिटो पारित गरेर अघि बढाउन उद्योगमन्त्री भण्डारीको आग्रह

इकागज | साउन १८, २०८१

काठमाडौँ- उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा ...

ऊर्जालाई समृद्धिको आधार बनाउन प्रधानमन्त्री ओलीलाई इप्पानको आग्रह

इकागज | साउन १८, २०८१

काठमाडौँ- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले समृद्धिको आधारका रूपमा ऊर्जा क्षेत्रलाई लिँ...

श्रावण कृष्ण चतुर्दशी : घण्टाकर्ण अर्थात् गठामङ्गल पर्व मनाइँदै

इकागज | साउन १८, २०८१

काठमाडौँ- प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री...