प्रमुख समाचार

यस्तो हुनेछ आज दिनभरको मौसम

इकागज | साउन १८, २०८१

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मूख्यतया सफा रहेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरु साथै बागमती र कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक-दुई  स्थानमा भारी  वर्षाको पनि सम्भावना रहेको छ ।

टुटेश्वरनाथको दर्शनका लागि दण्डीयात्रा जारी

गोपालप्रसाद बराल | साउन १७, २०८१

महोत्तरी- जिल्लाको चुरेक्षेत्रमा अवस्थित टुटेश्वरनाथ महादेवको दर्शनका लागि श्रद्धालु भक्तजनले थालेका दण्डीया...

दाङमा विपद्‍ घटना : एक वर्षमा ५२ जनाको मृत्यु, पानीमा डुबेर मृत्यु हुने धेरै

इकागज | साउन १७, २०८१

देउखुरी- दाङमा आर्थिक वर्ष २०८०/८१ मा विपदमा परी ५२ जनाको मृत्यु भएको छ । जिल्ला आपतकालीन कार्यसञ्चालन ...

अब बानेश्‍वर, त्रिपुरेश्‍वर र भद्रकालीको सार्वजनिक शौचालयमा शुल्क नलाग्‍ने

इकागज | साउन १७, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिकाभित्रको सार्वजनिक स्थानका शौचालयमा सेवाग्राहीले निःशुल्क प्रयोग गर्न पाउन...