प्रमुख समाचार

मधेश प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकायो

इकागज | साउन २०, २०८१

जनकपुर- मधेश प्रदेश सरकारले शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधनको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाएको छ । 

गायक कामतको गत बिहीबार निधन भएको थियो । कामतको असामयिक निधनले स्तब्ध भएकाले सम्मानका लागि प्रदेश सरकारले आधा झण्डा झुकाउने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम आइतबार आधा झण्डा झुकाइएको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए ।

आज दिनभर आधा झण्डा झुकाएर सबै मन्त्रालयलाई कामकाज गर्न निर्देशन दिइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री सिंहले भनेका छन्, ‘गुरुदेवजीको साङ्गीतिक आराधना र उपासनाको यात्रा अत्यन्त कठिन र सङ्घर्षपूर्ण रहँदै आयो, तर पनि जीवनको कठोरतम् क्षणसँग लड्दै शास्त्रीय तथा सुगम सङ्गीत परम्परालाई थप सृजनात्मक र उत्कर्षोन्मुख बनाउन उहाँ लागिरहनुभयो ।’

सिरहाको पतारी गाउँपालिका–२ पोखरभिण्डास्थित आफ्नै निवासमा गायक कामतको निधन भएको थियो ।

ड्रोन र हात्तीको प्रयोग गरी मान्छेलाई आक्रमण गर्ने बाघ खोजिँदै

इकागज | साउन २०, २०८१

चितवन - मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्न ड्रोन र हात्तीको प्रयोग गर्ने तयारी गरिएको छ । आज बिहान ना...

इरानी सेनाका सेक्रेट एजेन्टको प्रयोग गरेर इस्माइलको हत्या गरिएको दाबी

इकागज | साउन २०, २०८१

काठमाडौँ - इरानले हमास प्रमुख इस्माइलहानियाको हत्यामा संलग्न २४ जनालाई पक्राउ गरेको छ । यसमा धेरै...

कर्णालीका मुख्यमन्त्री कँडेलले साउन २१ गते विश्वासको मत लिने

इकागज | साउन १९, २०८१

कर्णाली- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललाई यही साउन १९ गते विश्वासको मत लिने भएका छन् ।...

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको सहयोगमा काभ्रेमा आलुको ‘ब्राण्डिङ’

इकागज | साउन १९, २०८१

काभ्रेपलाञ्चोक- प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको सहयोगमा यहाँ आलुको ‘ब्राण्डिङ’ थालिएक...

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न माग

इकागज | साउन १९, २०८१

काठमाडौँ- बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीले गोकर्णेश्वर महादेव मन्दिर...