प्रमुख समाचार

वर्तमान अवस्थामा वाम गठबन्धन हुने सम्भावना छैन : ओली

इकागज | जेठ २७, २०७९

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अवस्थामा वाम गठबन्धन हुने सम्भावना नरहेको स्पष्ट पारेका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनका लागि एमाले एक्लैले तयारी गरिरहेको भन्दै वाम गठबन्धन हुने सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।

उनले सरकारमा रहेका दलहरू वामपन्थी नरहेको टिप्पणी गरे । ओलीले स्थानीय निर्वाचनमा सिटका हिसाबले एमाले दोश्रो दल भए पनि लोकप्रिय मतका आधारमा एमाले नै पहिलो पार्टी भएको दाबी गरे ।

कुनै सिद्धान्त‚ विचारविना नै ६ दलले एमालेलाई हराउन नै गठबन्धन गरेको उनले बताए। त्यस्तै उनले अहिलेको सरकारले संविधानलाई तोडमरोड गरेको आरोप लगाए ।

ओलीले आगामी निर्वाचनमा एमाले अत्याधिक बहुमतका आधारमा विजयी हुने दाबी गरे । 

सीएनआईले माग्यो वायर रड, घिऊ, तेल र सेनेटरी प्याड उद्योग बचाउन संरक्षणकारी करका दर

इकागज | जेठ २७, २०७९

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०७९–८० को बजेट निजी क्षेत्रलाई प्रोत्साहन गर्दै औद्योगिकिरणलाई...

मिटरब्याजी तेलीलाई तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाउन प्रधानमन्त्री देउवाको निर्देशन

इकागज | जेठ २७, २०७९

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव साहु तेलीलाई तत्काल पक्राउ गरेर अन...

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे सदनमा जानकारी गराउन एमालेको माग

इकागज | जेठ २७, २०७९

काठमाडौँ - नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण विषयमा सदनमा जानकारी...

मधेश सरकारले ४० अर्बको बजेट ल्याउने तयारी, संघले कटौती गरे पनि प्रदेशले संसदीय बजेट ल्याउने

सुभाष कर्ण | जेठ २७, २०७९

जनकपुरधाम- मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटको चालू आर्थिक वर्षभन्दा बढी ल्याउने तय...