प्रमुख समाचार

११ महिनामा बाघको आक्रमणबाट १५ को मृत्यु

इकागज | जेठ २७, २०७९

चितवन- मानव बस्तीमा पसेर मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले सो बाघ आज नियन्त्रणमा लिएको हो ।    
    
उक्त बाघले आज बिहान ६ बजे तरकारी टिप्न खेतमा जाने क्रममा राप्ती नगरपालिका वडा नं. १ का ४३ वर्षीय इन्द्रबहादुर थिङ (वाईबा) लाई आक्रमण गरी घाइते बनाएको थियो । सोही क्षेत्रबाट बाघलाई ‘डार्ट’ गरेर नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । उनका अनुसार बस्ती नजिकको झाडीबाट बाघलाई नियन्त्रणमा लिइएको हो ।    
    
उक्त बाघलाई निकुञ्जको सौराहा क्षेत्रमा रहेको खोरमा राखिने छ । सो भाले बाघको उमेर भने खुलेको छैन । यस अघि नियन्त्रणमा लिइएका दुई वटा बाघ कसरास्थित खोरमा राखिएको छ । चितवनमा पछिल्लो समय बाघको आक्रमण बढेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गएको ११ महिनामा बाघको आक्रमणबाट १५ जनाको मृत्यु भएको छ ।

नेपालको चारदिने भ्रमणमा रहेका फ्लिन र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

इकागज | जेठ २७, २०७९

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाको इन्डो प्यासिफिक (प्रशा...

फेसबुकमा अपाच्य क्याप्सन लेखेर चरित्रहत्या गर्ने २० वर्षीया युवतीसहित २ पक्राउ

इकागज | जेठ २७, २०७९

काठमाडौँ- सामाजिक सञ्जालमा नाबालिका, महिलाको तस्वीर तथा भिडियो इडिट गरेर चरित्रहत्या गरी आफन्त र साथीभ...

आयात निरुत्साहनका बाबजुद एकै महिनामा झन्डै ३५ अर्बले बढ्यो चालु खाता घाटा

इकागज | जेठ २७, २०७९

काठमाडौँ– सरकारले लागू गरेको आयात निरुत्साहीत गर्ने नीतिगत व्यवस्थाका बाबजुद पनि चालु खाता घाटा...

सीएनआईले माग्यो वायर रड, घिऊ, तेल र सेनेटरी प्याड उद्योग बचाउन संरक्षणकारी करका दर

इकागज | जेठ २७, २०७९

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०७९–८० को बजेट निजी क्षेत्रलाई प्रोत्साहन गर्दै औद्योगिकिरणलाई...

मिटरब्याजी तेलीलाई तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाउन प्रधानमन्त्री देउवाको निर्देशन

इकागज | जेठ २७, २०७९

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव साहु तेलीलाई तत्काल पक्राउ गरेर अन...

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे सदनमा जानकारी गराउन एमालेको माग

इकागज | जेठ २७, २०७९

काठमाडौँ - नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण विषयमा सदनमा जानकारी...