प्रमुख समाचार

दोस्रो अभ्यास खेलमा नेपाली दर्शकलाई प्रवेश दिइने

इकागज | जेठ २३, २०७९

काठमाडौँ- एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेतमा रहेको नेपाली टिमको अभ्यास सत्रमा कुवेतमा रहेका नेपाली दर्शकलाई प्रवेश दिइने भएको छ । नेपालका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अहमादीस्थित अल शवाव स्टेडियममा हुने अभ्यासमा नेपाली दर्शकलाई आफ्नो देशको अभ्यास सत्र हेर्न दिने बताएका हुन् ।  

कुवेतमा रहेका नेपाली दर्शकलाई अभ्यासमा प्रवेश दिनेछौं । नेपाली दर्शकको उपस्थितीले खेलाडीमा हौसला बृद्धि हुनेछ, अब्दुल्लाहले भने । नेपाली टिमले सोमबार साँझ ७ बजे अहमादीमै अभ्यास गर्नेछ । 

कतारको दोहामा केहि दिनको अभ्यास र मैत्रीपूर्ण खेलपछि नेपाली टिम हिजो (शनिबार) कुवेत राजधानी कुवेत सिटीमा आईपुगेको छ ।  हाल टोलीमा २३ खेलाडीसहित नौं  अधिकारी छन् । 

नेपालले कुवेतमा २५ जेठमा जोर्डन, २८ जेठमा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।

मधेश प्रदेशको नीति तथा कार्यक्रम : कृषि, शिक्षा र स्वास्थ्यमा जोड, छात्रालाई साइकलदेखि ल्यापटपसम्म

सुभाष कर्ण | जेठ २२, २०७९

जनकपुरधाम- मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ । ...