प्रमुख समाचार

बलात्कारमा हदम्याद हट्यो भने मुद्दाको चाङ लाग्छ, अरुले न्याय पाउँदैनन् : गंगा चौधरी

इकागज | जेठ २३, २०७९

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद गंगा चौधरीले बलात्कार मुद्दामा हदम्यादको प्रावधान हटाउन नहुने बताएकी छन् । संघीय संसद्‍मा यौन हिंसाविरुद्धको ऐनलाई संशोधन गर्न पेस गरिएको विधेयकमाथिको छलफलमा हदम्यादको प्रावधान हटेको खण्डमा वास्तविक पीडितले न्याय नपाउने उनले बताइन् । 

‘जबसम्म मन मिल्यो तबसम्म लभ हुने, आफ्नो स्वार्थ मिलेन भने बलात्कार हुने । यसभन्दा अगाडि यही सम्मानित संसद्‍का पूर्वसभामुखको घटना पनि हामीले हेरेका छौँ,’ उनले भनिन्, ‘जबसम्म उहाँसँग स्वार्थ मिल्यो तबसम्म कसैलाई पत्तो थिएन, तर जब स्वार्थ मिलेन त्यसलाई बलात्कारको संज्ञा दिएर उहाँलाई ६ महिना जेल कोचियो ।’

उनले हदम्याद राखिएन भने अदालतमा मुद्दाको चाङ लाग्ने र वास्तविक पीडितलाई न्याय पाउन मुश्किल हुने बताइन् । 

सार्वजनिक पद धारण गरेका व्यक्तिले हिंसा पीडितलाई धम्क्याए २ वर्ष कैदको व्यवस्था गर्नुपर्छ : गगन थापा

इकागज | जेठ २३, २०७९

काठमाडौँ–नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले सार्वजनिक पद धारण गरेको व्यक्तिले यौन ...

भीम रावल भन्छन् : कमजोरीको गम्भीर समीक्षा गरौँ, उल्टो बाटो हिँड्दा झन् पराजय हुनसक्छ

इकागज | जेठ २३, २०७९

काठमाडौँ - नेकपा एमालेका नेता डा. भीम रावलले कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुप...

मेयर बालेन्द्रले सार्वजनिक गरे शौचालय प्रयोग गर्न दिने होटल र रेष्‍टुरेण्टमा प्रयोग हुने लोगो

इकागज | जेठ २३, २०७९

काठमाडौँ-  सार्वजनिक शौचालय प्रयोग गर्न दिने होटल, रेष्‍टुरेण्ट तथा बैंकका लागि काठमाडौँ ...