प्रमुख समाचार

दश महिनामा एक अर्ब २३ करोड बढीको सी-फुड भित्रियो

इकागज | जेठ २४, २०७९

काठमाडौँ- पछिल्ला वर्षहरूमा नेपालमा सी–फुड (समुन्द्र खाना)को माग बढेको छ । प्रत्येक वर्ष डेढ अर्ब रुपैयाँभन्दा बढीको सी–फुड नेपाल भित्रने गरेको छ । 

भन्सार विभागको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा विभिन्न देशबाट नेपालमा १ अर्ब २३ करोड ९२ लाख ८७ हजार रुपैयाँको सी–फुड नेपाल भित्रिएको छ । 

सो मुल्यमा पछिल्लो दश महिनामा नेपालमा ४९ लाख ९८ हजार ३५ केजी सीफुड भित्रिएको विभागले जनाएको छ ।

सालमोन, क्याटफिस, सिद्रामाछा, झिङ्गे माछा लगायतका विभिन्न प्रकारका माछाहरू, गँगटा, स्क्यालप, अक्टुपस लगायतका समुन्द्री जीवहरू नेपालले आयात गर्ने गरेको छ । 

नेपालमा सी–फुडहरू भारत, थाइल्याण्ड, डेनमार्क, भियतनाम, चीन, नर्वे, मलेसिया, हङकङ, सिंगापुर, क्यानडा, बेलायत, दक्षिण कोरिया, कतार लगायतका देशबाट आउने गरेको छ । 

विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा विभिन्न देशबाट १ अर्ब ६९ करोड ८० लाख ६१ हजार रुपैयाँको ६३ लाख ४ हजार ९५२ केजी सी–फुड नेपालले आयात गरेको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब ७६ करोड ५१ लाख ३६ हजार रुपैयाँको ६८ हजार ६५ हजार ९९५ केजी सी–फुड नेपाल भित्रिएको विभागले जनाएको छ । 

प्रेम सुवालको व्यङ्‌ग्‍य- शब्दकोषमा ‘राजनीति’ भनेको घुस र पक्षपात लेखौँ

इकागज | जेठ २४, २०७९

काठमाडौँ- नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले राजनीति सेवा बन्‍न नसकेकोप्रति...

घनश्याम भुसाललाई कारबाही सिफारिसबारे के भन्छन् ईश्वर पोखरेल र झपट रावल ?

इकागज | जेठ २४, २०७९

काठमाडौँ- नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घनश्याम भुसाललाई अनुशासन आयोगले कारबाही सिफ...

मेयर शाहले भने- कुहिने र नकुहिने फोहर छुट्याउनू, नछुट्याए महानगरले संकलन गर्ने छैन

इकागज | जेठ २४, २०७९

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले घरमै कुहिने र नकुहिने फोहर छुट्याइ दिन आग्रह ...

कांग्रेस प्रदेश महामन्त्री भूपेन्द्र राईसहित चार नेताविरुद्ध अन्तर्घातको आरोपमा उजुरी

इकागज | जेठ २४, २०७९

खोटाङ- स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेर आधिकारिक उम्मेदवार हराएको भन्दै नेपाली कांग्रेस प्रदेश&ndas...

आफ्नै पार्टीभित्रका सांसदको विद्रोहबीच बेलायती प्रधानमन्त्रीले पाए विश्वासको मत

इकागज | जेठ २४, २०७९

लन्डन- बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो पार्टीभित्रैबाट विद्रोह हुँदाहुँदै पनि संसद्‌मा...