प्रमुख समाचार

काठमाडौँबाट संघीय चुनाव लड्ने घोषणा गरेकी मानुषी भन्छिन्– गृहकार्य भइरहेको छ

इकागज | जेठ २५, २०७९

काठमाडौँ – आगामी संघीय प्रतिनिधिसभा सदस्यको निर्वाचनमा युवाहरूले धमाधम उम्मेदवारी घोषणाा गर्न थालेका छन् ।  जनता समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले आगामी संघीय संसद्को निर्वाचनमा काठमाडौंबाट उम्मेदवारी दिने भएकी छन् । 

भट्टराईले इकागजसँगको कुराकानीमा साथीहरुसँगको सल्लाहपछि आफूले चुनाव लड्ने निधो गरेको बताइन् । 

‘साथीहरुसँग सरसल्लाह गर्दा सबैले उठ्नुपर्छ भन्नुभयो । उहाँहरुको कुरामा म सहमत भएँ,’ उनले भनिन्, ‘यस विषयमा साथीहरुसँग थप छलफल भइरहेको छ, गृहकार्य भइरहेको छ ।’

यद्यपि उनले काठमाडौंको कुन क्षेत्रबाट चुनाव लड्ने भन्नेमा निश्चित भइनसकेको बताइन् । उनका अनुसार उनी क्षेत्र नम्बर ५ वा ७ बाट उम्मेदवारी दिने सोचमा रहेकाे र दुई मध्ये एक क्षेत्र छनाैट गरी चाँडै घोषणा गर्ने तयारीमा रहेको बताइन् । 

मानुषी यमी भट्टराई जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी हुन् । 
 

फोहोरको समस्या समाधान गर्न प्रधानमन्त्रीले पहलकदमी लिनुपर्छ : गगन थापा

इकागज | जेठ २५, २०७९

काठमाडौं–कांग्रेस महामन्त्री एवम् सांसद गगन थापाले फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीले पहलकदमी लिनुपर्...

गोकुल बाँस्कोटाको प्रस्ताव: सञ्चार मन्त्रालयको खर्च कटाएर एक रुपैयाँ कायम गरौं

इकागज | जेठ २५, २०७९

काठमाडौं - नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको खर्च कटौती गर्...

नास्टका वैज्ञानिकले गरे अध्ययन, फोहोरले सिसडोलको पानी पनि प्रदूषित भएको पुष्टि

इकागज | जेठ २५, २०७९

काठमाडौँ- काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन भइरहेको नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट वरपरको पानी प...