परिवारको आम्दानी बढेको छैन, खर्च बढेको बढ्यै छ : गगन थापा
काठमाडौँ – नेपाली कांग्रेसका सांसद गगन थापाले पेट्रोलियम पदार्थमा जनतालाई सहुलियत दिनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा पेट्रोलियम पदार्थमा मुल्यवृद्धि हुँदा महँगी समेत बढेको भन्दै सहुलियत दिनपर्ने बताएका हुन् ।
‘परिवारको आम्दानी बढेको छैन, खर्च बढेको बढ्यै छ,’ उनले भने, ‘पेट्रोलिय पदार्थमा नागरिकलाई कहीँ न कहीँ नागरिकलाई छुट दिनुपर्छ । उनीहरूलाई राहत दिनुपर्छ ।'