प्रमुख समाचार

जुम्लाको कनकासुन्दरी–८ मा स्वतन्त्र उम्मेदवार विजयी

इकागज | जेठ १, २०७९

जुम्ला - कनकासुन्दरी गाउँपालिका–८ मा स्वतन्त्र उम्मेदवार विजयी भएको छ । स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यान लै विजयी भएको हो  । उनीहरूले तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दिएका थिए ।

धनबहादुरले दुई सय ८८ मत प्राप्त गर्दै वडाध्यक्ष जितेका छन्  । उनका प्रतिद्वन्द्वी कांग्रेसका कप्तानबहादुर शाही दुई सय २० मत ल्याएर पराजित भएका छन् । वडा सदस्यमा गोल दमाई र कर्ण जीत सार्कीले जितेका हुन् । महिला सदस्यमा कांग्रेसकी रामुदेवी काफ्ले विजयी भएकी छिन् । 

 दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल विजय भएकी छन् । कनकासुन्दरी-८ मा वडाध्यक्षसहित चार जना स्वतन्त्र उम्मेदवार जितेका  छन् ।

एक जना महिला सदस्य मात्र कांग्रेसबाट विजय भएको निर्वाचन अधिकृतको कार्यालय कनकासुन्दरीले जनाएको छ । 

स्थानीय तह निर्वाचन परिणामले कांग्रेसमा बढी अराजकता देखियो:  गजुरेल

इकागज | जेठ १, २०७९

काठमाडौँ - नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनको प्रारम्भिक परिणामप्रति असन्तुष्टि जनाएको छ । ...

कन्चनपुरको भिमदत्तमा १०० मतपत्रको बण्डलमा १२० मतपत्र भेटिएपछि मतगणना स्थगित

इकागज | जेठ १, २०७९

कन्चनपुरमा - भीमदत्त नगरपालिकाको मतगणना स्थगित भएको छ । भीमदत्त नगरपालिका-२ को मतगणना गर्ने क्रममा...

मकवानपुरका १९ वडाको नतिजा सार्वजनिक, कांग्रेस ८ माओवादी ७ र एमाले ४ वडामा विजयी

इकागज | जेठ १, २०७९

मकवानपुर - स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र...