प्रमुख समाचार

गठबन्धन किन भनेर प्रचण्डलाई सोधियो भने छोरी जिताउन भन्ने उत्तर आउँछ : ओली

इकागज | बैशाख २६, २०७९

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनपछि सत्तारुढ गठबन्धन समाप्त हुने दावी गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भएका अध्यक्ष ओलीले गन्तव्य नै नभएको भन्दै सत्तारुढ गठबन्धन बैशाख ३० गतेको स्थानीय तह निर्वाचनपछि समाप्त हुने बताएका हुन् ।

सोमबार ललितपुरको जावलाखेलमा पार्टीद्धारा आयोजित चुनावी सभामा बोल्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई नै यो गठबन्धनको गन्तव्य के हो भन्ने थाहा नभएको जिकीर गरे । यही प्रश्न प्रचण्डलाई सोध्यो भने उनले आफ्नी छोरीलाई भोट हाल्नु नै गठबन्धनको गन्तव्य हो भन्ने जवाफ दिने अध्यक्ष ओलीको कटाक्ष थियो । 

ओलीले मुलुकमा लुटलाट र हाटहुट गर्न सत्तारुढ गठबन्धन बनेको आरोपसमेत लगाए । उनले निर्वाचनको बेला आफ्ना पार्टीका कार्यकर्तामाथि गुण्डागर्दीको शैलीमा आक्रमण गर्ने काम सत्तारुढ दलहरुबाटै भएको भन्दै आक्रोश व्यक्त गरे । सत्तारुढ गठबन्धनले जनतालाई तर्साउने काम गरिरहेको पनि ओलीले दोहो¥याए ।
 

दृष्टिविहीन र अशक्त व्यक्तिले मतदान केन्द्रमा सहयोगी लैजान पाउने

इकागज | बैशाख २६, २०७९

काठमाडौँ- स्थानीय निर्वाचनमा सहभागी हुने दृष्टिविहीन तथा शारीरिक अशक्त व्यक्तिले मतदान केन्द्रमा सहयोगी ल...

छाङ्गरु र तिंकरमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी

इकागज | बैशाख २६, २०७९

दार्चुला- कालापानी नजिकै दार्चुलाको उत्तरी क्षेत्र ब्यासमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी गरिएको छ...

रुकुम पश्चिममा कांग्रेस-माओवादीबीच दिनहुँ झडप हुनथालेपछि अर्थमन्त्रीको रोहबरमा संयुक्त अपिल

इकागज | बैशाख २६, २०७९

काठमाडौँ- रुकुम पश्चिमको चौरजहारीमा कांग्रेस र माओवादी कार्यकर्ताबीच दिनहुँ झडप हुन थालेपछि दुबै दलले...