प्रमुख समाचार

फुटबल खेलाडी-प्रशिक्षक विवाद छानविन गर्न कार्यदल गठन

इकागज | बैशाख २५, २०७९

काठमाडौँ –  अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडी र प्रशिक्षकबीचको विवाद छानविनका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ । एन्फाले नेपाली सेनाका पूर्व मेजर जेनरल तथा पूर्व फुटबल खेलाडी भिक्टर रानाको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको एन्फाले जनाएको छ ।

एन्फाको आकस्मिक वोर्ड बैठकले कार्यदल गठन गरेको हो । कार्यदलमा पूर्व फुटबल खेलाडी विदुर विष्ट तथा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दिपक थापा रहेका छन् ।

कार्यदलले समस्याको पहिचान गर्ने तथा सुझावसहित ७ दिनभित्र एन्फालाई प्रतिवेदन बुझाउनुपर्ने छ । 

अहिले नेपाली राष्ट्रिय फुटबल टिम एएफसी एसियन कपको तेस्रो चरणको छनोट खेलका लागि बन्द प्रशिक्षणमा रहेको छ ।

तर फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको व्यवहारप्रति असन्तुष्टि जनाउदै १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।

गठबन्धनका उम्मेदवार जिताउन विज्ञप्ति निकाल्ने पत्रकारलाई निर्वाचन आयोगको स्पष्टीकरण

इकागज | बैशाख २५, २०७९

काठमाडौँ- सत्तारुढ गठबन्धनमा रहेका दलहरू निकट पत्रकार संगठनहरूसँग निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सो...

शक्तिशाली छौं भनेर दम्भ नगर्नुस्, ओलीकै हालत होला : अध्यक्ष नेपाल

इकागज | बैशाख २५, २०७९

पोखरा- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले धेरै शक्तिशाली छौँ भन्ने दम्भ नराख्न गठबन्धनका...

किन जाँदैनन् उपेन्द्र-बाबुराम गठबन्धनको संयुक्त चुनावी सभामा ?

इकागज | बैशाख २५, २०७९

काठमाडौं - सत्ता गठबन्धनले गर्दै आएको संयुक्त चुनावी सभा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र या...