प्रमुख समाचार

आज धनगढीमा सत्ता गठबन्धनको चुनावी सभा

इकागज | बैशाख २६, २०७९

धनगढी - प्रधानमन्त्री एवं का‌ंग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सत्ता गठबन्धनकाे चुनावी सभालाई सम्बाेधन गर्न धनगढी पुगेका छन् ।

देउवा आइतबार साँझ नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढीस्थित बोराडाँडी आर्मी ब्यारेकमा ओर्लिएका थिए भने प्रचण्ड साँझ नै पुगेका हुन् । देउवा आइतबार राति धनगढीस्थित आफ्नै निवासमा बसेका थिए । उनले याे घर ०७४ काे चुनावमा किनेका थिए ।

धनगढीमा बिहान ११ बजे आमसभा हुने कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए । याे सभालाई देउवा, प्रचण्डसहितले सम्बोधन गर्ने छन्।

देउवा आजै गृहजिल्ला डडेल्धुरा जाने छन्। 

प्रचण्डले धनगढीबाहेक कैलारीको हसुलियामा माओवादीको कैलारी गाउँ कमिटीले आयोजना गर्ने चुनावी सभालाई सम्बाेधन गर्नेछन् । उनी कञ्चनपुरको बेलौरी र बैतडी पनि जाने कार्यक्रम छ ।

गठबन्धनले आइतबार मात्र दाङमा सभा गरेकाे थियाे । 

धनगढीमा गठबन्धनबाट कांग्रेस नेता नृपबहादुर वड मेयरमा प्रतिस्पर्धा गरिरहेका छन् । त्यस्तै एमालेबाट रणबहादुर चन्द र स्वतन्त्र उम्मेदवार गाेपाल हमालसहित चुनावी मैदानमा छन् ।

धनगढी प्रधानमन्त्री देउवा पत्नी आरजु राणाकाे चुनावी क्षेत्र पनि हाे । ०७४ काे प्रतिनिधिसभा चुनावमा आरजु एमाले नेता नारदमुनी रानासँग पराजित भएकी थिइन् ।

जिल्ला प्रशासन कार्यालय पर्वतबाट प्रवाह हुने सेवा चार दिनका लागि बन्द

इकागज | बैशाख २६, २०७९

पर्वत - आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा आजदेखि चार दिनका लाग...

माइक्रोमा सहचालकद्वारा बालिका बलात्कार प्रयास, कुटपिटबाट चालकको मृत्यु

इकागज | बैशाख २६, २०७९

इलाम- कुटपिटपछि घाइते भएका माइक्रोबस (हायस) का चालकको चार दिनपछि ज्यान गएको छ । २० वैशाखमा कुटपिटपछ...

नवलपुरको चुनावी अभियानमा होमिए कांग्रेस नेता विनोद चौधरी

इकागज | बैशाख २५, २०७९

नवलपुर - नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस प्रति...