प्रमुख समाचार

बागमती र गण्डकीमा बिहानै वर्षा, दिउँसो यी ६ प्रदेशमा वर्षाको सम्‍भावना

इकागज | बैशाख २३, २०७९

काठमाडौँ- बागमती र गण्डकीका केही क्षेत्रमा बिहानै वर्षा भएको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागमा बनेको न्यून चापीय प्रणालीका कारण वर्षा भइरहेको हो ।

उपत्यकाको आकाश बदलीले ढाकेकेको छ केही क्षेत्रमा फाट्टफुट्ट पानी परिरहेको छ ।

दिउँसो प्रदेश १, मधेस, बागमती, गणडकीका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति  पनि प्रदेश १ , बागमती र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

शनिबार पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश १ र बागमतीका पहाडी भूभागका एक वा दुई  स्थानमा वर्षा हुने ठानिएको छ ।

हजार जिब्रो भएका शेषनागले पनि ओलीको व्याख्या गर्न सक्दैनन् : अध्यक्ष नेपाल

इकागज | बैशाख २२, २०७९

काठमाडौं–एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चितवनमा आयोजित कार्यक्रमा बोल्दै केपी ओलीको...

पाँच वर्षमा युएसएडको ७९ अर्ब रुपैयाँ सहयोग परिचालन गर्ने सम्झाैतामा हस्ताक्षर

इकागज | बैशाख २२, २०७९

काठमाडौंँ-  नेपाल सरकारको अर्थ मन्त्रालय मार्फत र संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग ...