प्रमुख समाचार

जितसँगै इङ्‌ल्याण्ड टी- २० विश्वकपको सेमिफाइनलमा

इकागज | असार १०, २०८१

काठमाडौँ- इङ्‌ल्याण्ड जारी टी- २० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

सुपर आठको अन्तिम खेलमा अमेरिकामाथि १० विकेटको फराकिलो जित हासिल गर्दै इङ्‌ल्याण्डले समुह २ बाट सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

अमेरिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको इङ्‌ल्याण्डले ९.४ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।

इङ्‌ल्याण्डका लागि कप्तान जोस बटलरले आक्रामक ब्याटिङ गर्दै ३८ बलमा ८३ रन बनाएका थिए । त्यस्तै फिल साल्टले २५ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले १८.५ ओभरमा अल आउट हुदै ११५ रन मात्र बनाएको थियो । अमेरिकालाई अल आउट गर्ने क्रममा इङ्‌ल्याण्डका बलर क्रिस जोर्डनले १९औं ओभरमा ह्याट्रिकसहित चार विकेट लिएका थिए ।

यो जितपछि इङ्‌ल्याण्डको सुपर आठको समुह २ मा ३ खेलमा ४ अंक भएको छ र शीर्ष स्थानमा उक्लिँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ । त्यस्तै हारपछि अमेरिका भने सुपर आठका तीनै खेलमा हार बेहोरेर बाहिरिएको छ । त्यस्तै यस समुहबाट अब सोमबार बिहान हुने वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीचको खेलको विजेता सेमिफाइनलमा पुग्ने भएको छ ।

राष्ट्रिय सडक सञ्‍जालसँग जोड्ने पुल बनेन, खोला तार्दै स्थानीय

इकागज | असार ९, २०८१

हुम्ला- जिल्लाको खार्पुनाथ गाउँपालिका-५ खार्पुदोभान र दोजाम कर्णाली नदीमा बेलिब्रिज (पुल) नबन्दा जिल्ला स...

मन्त्रालयमा नयाँ कार्यक्रमका लागि निकै कम बजेट छ : शिक्षामन्त्री श्रेष्ठ

इकागज | असार ९, २०८१

​काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयमा नयाँ कार्यक्रमका लागि निकै कम बजेट...

आईटी आर्मीको आन्दोलनको आज ८औं दिन, कालोपट्टी बाँधेर वैदेशिक रोजगार विभागमा घेराउ जारी

इकागज | असार ९, २०८१

काठमाडौँ- आम जनता पार्टीको भातृ संगठन आईटी आर्मीले वैदेशिक रोजगारमा ठगिएका पीडितलाई न्याय दिलाउनका&n...

इजरायली सैनिकको ज्याजती- घाइते प्यालेस्टाइनीलाई गाडीको अगाडि बाँधियो

इकागज | असार ९, २०८१

काठमाडौँ - इजरायली सैनिकहरूले वेस्ट बैंकको जेनिनमा छापा मार्दा एक घाइते प्यालेस्टिनीलाई आफ्नो गाडीको ह...