प्रमुख समाचार

युरोकप : समूह 'बी'बाट स्पेन र इटाली नकआउट चरणमा

इकागज | असार ११, २०८१

काठमाडौँ- इटाली जारी युरोकपको नकआउट चरणमा पुगेको छ । गएराति भएको समूह बी अन्तर्गतको खेलमा क्रोएसियासँग १-१ गोलको बराबरी खेल्दै इटाली प्रतियोगिताको नकआउट चरणमा पुगेको हो ।

इटालीका लागि ९० मिनेटपछिको इन्जुरीसमयमा माटिया जाकाग्नीले गोल गर्दै बराबरी गोल गरेका थिए । यस अघि खेलको ५५औं मिनेटमा लुका मोड्रीचले गोल अग्र्दै क्रोएसियालाई शुरुवाती अग्रता दिलाएका थिए ।

गएराती नै समपन्न समूह 'बी'को अर्को खेलमा स्पेनले अल्बानियालाई १-० गोल अन्तरले पराजित गरेको छ । स्पेनले खेलको १३औं मिनेटमा फारान टोरेजको गोलमा जित हासिल गरेको हो ।

यो जितपछि समूह 'बी'मा तीनै खेल जितेर ९ अंक सहित स्पेन शीर्ष स्थानमा रहेको छ र नकआउट चरणमा पुगेको छ भने इटालीले ३ खेलमा ४ अंकसहित समूहमा दोस्रो हुँदै नकआउट चरणमा पुगेको छ ।

त्यस्तै क्रोएसियाको ३ खेलमा २ अंक रहेको छ र नकआउटमा पुग्ने सम्भावना कायम रहेको छ । अब समूह चरणका खेलपछि ६ वटै समूहका तेस्रो स्थानमा रहेका  देशमध्ये शीर्ष चारमा रहन सकेमा क्रोएसिया नकआउट चरणमा पुग्ने छ । अहिले भने क्रोएसिया पाँचौं स्थानमा रहेको छ ।

त्यस्तै समूह 'बी'बाट अल्बानिया भने ३ खेलमा एक अंक हासिल गर्दै प्रस्तियोगिताबाट बाहिरिएको छ ।

मनसुन प्रणाली देशभर फैलियो, आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध

इकागज | असार १०, २०८१

काठमाडौँ- यस वर्षको मनसुन प्रणली आजबाट देशभर फैलिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाश...

ऊर्जामन्त्री बस्नेतसमक्ष विद्युत् नियमन आयोगका अध्यक्षको शपथ

इकागज | असार १०, २०८१

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले  विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्र...

महिलालक्षित अभिव्यक्तिप्रति महिलामन्त्रीको आपत्ति, आत्मालोचना गर्न आग्रह

इकागज | असार १०, २०८१

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विनियोजन विधेयकको छलफलका क्रममा केह...