प्रमुख समाचार

आगामी साउनदेखि सिंहदरबार प्रवेशका लागि ‘इ-गेटपास’

इकागज | असार १२, २०८१

काठमाडौँ - प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशका लागि आगामी साउनदेखि ‘इ–गेटपास’ प्रणाली प्रयोगमा ल्याइने भएको छ ।

 यही असार ६ गते बसेको सचिवस्तरीय बैठकले मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पास खारेज गरेर साउन १ गतेदेखि ‘इ–गेटपास’ प्रणाली प्रयोगमा ल्याउने तथा गृह मन्त्रालयले आवश्यक समन्वय गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

“साउनदेखि सिंहदरबार प्रवेशका लागि विभिन्न मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पास खारेज हुनेछन्, कसले पास लिए त्यसको रेकर्ड पनि रहने भएकाले अब इ–गेटपास प्रणाली प्रयोगमा ल्याइनेछ”, उनले भने । 

 विगतमा विभिन्न मन्त्रालयबाट जारी गरिएका अस्थायी पास दुरुपयोग भएका गुनासा बढेपछि अहिले ती पास खारेज गर्न लागिएको जानकारी दिँदै प्रवक्ता भट्टराईले क्युआर कोडसहितको प्रवेशपास प्रयोगमा ल्याइने बताए । 

सिंहदरबार पास’ वेबसाइटमा गएर अकाउन्ट बनाई युजर आइडी र पासवर्ड राखेर अनलाइनबाट अनुरोध गर्ने तथा गेटपास पाउन आधारभूत विवरण भर्नुपर्ने प्रणाली बनाइएको मन्त्रालयले जनाएको छ ।

युद्धरत इजरायलमा सुसारे र नोकरमा नेपाली पठाउने निर्णय बिडम्बनापूर्ण र पाखण्ड - भीम रावल

इकागज | असार १२, २०८१

काठमाडौँ - नेकपा एमालेका नेता भीम रावलले युद्धरत इजरायलमा सरकारले सुसारे र नोकरमा नेपाली पठाउने नि...

भारतसँगको सम्बन्धमा पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्रीले के भने ?

इकागज | असार १२, २०८१

काठमाडौँ - पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले पाकिस्तानले भारतसँग राम्रो सम्बन्ध चाहेक...

झलनाथ खनालको सर्प पालन परियोजनामा भ्रष्टाचार, पाँच जना दोषी ठहर

इकागज | असार १२, २०८१

काठमाडौँ- पूर्वप्रधानमन्त्री झलनाथ खनालको नामबाट स्थापित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार मुद्दाम...