प्रमुख समाचार

इरानमा राष्ट्रपतिको लागि दोस्रो चरणमा पेजेस्कियान र जलीली भिड्ने

इकागज | असार १६, २०८१

काठमाडौँ - इरानमा राष्ट्रपति चयनको लागि दोस्रो चरणको मतदान हुने भएको छ । चार उम्मेदवार प्रतिष्पर्धामा रहेको यस निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि जुलाई ५ मा दोस्रो चरणको मतदान हुने भएको हो ।​

राष्ट्रपतीय निर्वाचनमा समाज सुधारक मसुद पेजेस्कियान र कट्टरपन्थी सईद जलिलीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

तेहरान टाइम्सका अनुसार मसुद पेजेस्कियानले कुल ४२.४३ प्रतिशत मत प्राप्त गरेका छन् भने जलिलीले ३८.६ प्रतिशत मत प्राप्त गरेका छन् ।  त्यस्तै मोहमद बाकेर क्वालिबाफले १३.७७ प्रतिशत मत प्राप्त गरेका छन् भने मोस्ताफा पोउरमोमदीले ८. ३९ प्रतिशत मत प्राप्त गरेका थिए । 

इरानी कानुन अनुसार कुनै पनि उम्मेदवारले चुनावमा ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न सकेन भने दोस्रो चरणको निर्वाचनको व्यवस्था छ । अब सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवार पेजेस्कियान र जलीलीबीच प्रतिस्पर्धा हुने भएको छ । 

मे महिनामा इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि इरानमा राष्ट्रपतिको निर्वाचन भएको हो । राष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार मतदान भएको थियो ।

तर, निर्वाचनमा करिब ४५–५३ प्रतिशत मतदान भएकाले निर्वाचनप्रति जनतामा खासै उत्साह देखिएको थिएन । यो इब्राहिम रायसी राष्ट्रपति निर्वाचित हुँदा अघिल्लो चुनावमा ४८.८ प्रतिशतको तुलनामा चार दशकमा इरानको राष्ट्रपति चुनावमा सबैभन्दा कम मतदान थियो । मार्च र मेमा भएको संसदीय निर्वाचनमा पनि ४१ प्रतिशत मात्रै मतदान भएको थियो ।

वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण साउनदेखि अनलाइन अनिवार्य हुने- परराष्ट्रमन्त्री श्रेष्ठ

इकागज | असार १५, २०८१

काठमाडौँ- वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण साउन १ गते देखि पूर्णरुपमा अनलाइनमार्फत हुने भएको छ । ...

जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामा : प्रधानमन्त्री प्रचण्ड

इकागज | असार १५, २०८१

चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान बालीमा जलवायुमैत्री प्रविधिहरू प्रयोग गरेर...