प्रमुख समाचार

सामुदायिक विद्यालयको सटर बन्द नगर्न काठमाडौँ महानगरलाई उच्च अदालतको अन्तरिम आदेश

इकागज | जेठ ३१, २०८१

काठमाडौँ- उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकालाई असार ७ गतेसम्म सामुदायिक विद्यालयका सटर बन्द नगर्न आदेश दिएको छ ।

बुधबार उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेलको इजलासले यस्तो आदेश दिएको हो । तुलसीप्रसाद अगस्तीले दिएको रिटमा असार ७ गतेसम्म सामुदायिक विद्यालयले सटर बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

अदालतले असार ७ गते रिटका पक्ष विपक्षलाई बहसका लागि डाकेको छ ।

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आज १३ वटा सामुदायिक विद्यालयले बहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ ।

ताप्लेजुङमा गएराति परेको पानीले बगायो काठेपुल, सवारीसाधनको आवागमनमा अवरोध

इकागज | जेठ ३१, २०८१

काठमाडौँ- ताप्लेजुङमा बाढी आउँदा शिसवा खोलाको काठे पुल बगाएको छ । गएराति आएको पानीले बिहीबार ...

राजेन्द्र केसी र योगेन्द्र मण्डलले संसदमा के बोले ? सुमनाले जनाइन् आपत्ति

इकागज | जेठ ३१, २०८१

काठमाडौँ - शिक्षामन्त्री सुमना श्रेष्ठले संसदमा सांसदहरूले प्रयोग गरेका स्त्रीद्वेषी शब्दहरूबारे आपति जनाएक...

आफ्नै पार्टी नेतृत्वको सरकार हुँदा पनि कार्यकर्ताहरूबाट सहयोग उठाएर जग्गा किन्दै नुवाकोट माओवादी

इकागज | जेठ ३१, २०८१

काठमाडौँ- नेकपा माओवादी केन्द्र नुवाकोटले भवन निर्माणका लागि जग्गा किन्ने भएको छ । पार्टीका नेता र कार्य...

स्वीट्जरल्याण्डका राष्ट्रपतिसँग राष्ट्रपति पौडेलले भने- स्वीस सरकारको सहयोगले नेपालीको मन जितिरहेको छ

इकागज | जेठ ३१, २०८१

स्वीजरल्याण्ड, (जेनेभा)- राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच स्वीट्जरल्याण्ड...