प्रमुख समाचार

हतारमा वामपन्थी वा पार्टी एकता गर्ने पक्षमा छैन : प्रधानमन्त्री प्रचण्ड

इकागज | असार १४, २०८१

चितवन- प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले हतारमा वामपन्थी वा पार्टी एकता गर्ने पक्षमा नरहेको बताएका छन् ।

शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले विगतमा पार्टी एकताको नाममा भएको दुर्घटनाबाट पाठ सिक्दै हतारमा बामपन्थी वा पार्टी एकता गर्ने पक्षमा नरहेको बताएका हुन् ।

पार्टी एकता एकताभन्दा राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिँदै जाने र राम्रो सहकार्य गर्दै काम गर्दै जाने उनको भनाइ छ । उनले पार्टी एकताका नाममा पुरानै दुर्घटना नहोस् भन्नेमा सचेत रहेको धारणा राखे । त्यस्तै प्रधानमन्त्री प्रचण्डले किसानहरूलाई मलको अभाव हुन नदिन राम्रो तयारीमा रहेको बताए ।

उनले चितवनमा केरा किसानहरूलाई क्षतिपूर्ति दिने विषयमा छलफल भइरहेको जानकारी दिए । 

त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा. अर्याल

इकागज | असार १४, २०८१

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको रिक्त प्रमुखमा डा. कुन्दन अर्याल...

अहिले राष्ट्रिय हितलाई छाड्न भू-राजनीतिको विषय उठिरहेको छ : केपी ओली

इकागज | असार १४, २०८१

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले राष्ट्रिय हितलाई छाड्न भू-राजनीतिको विषय उठिरहेको ...

जाम्बियाका टाइरिस : जसले जापानको नेपाली विद्यालयबाट पास गरे एसईई

इकागज | असार १४, २०८१

काठमाडौँ- जापानको टोकियोस्थित नेपाली विद्यालयबाट जाम्बियाका एक विद्यार्थीले यस वर्षको माध्यामिक शिक्षा पर...

संसद्‌ बैठकमा केसीको कविता : काण्डैकाण्ड महाकाण्ड, खोइ छानबिन प्रतिवेदन ?

इकागज | असार १४, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कवितामार्फत सरकारलाई व्यङ्ग्य गरेका छन् । शुक्रब...

महामन्त्रीको प्रतिवेदनमाथि छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

इकागज | असार १४, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले महामन्त्री ड...