प्रमुख समाचार

संसद् सचिवालयका कर्मचारीका माग पूरा गर्न सरकारको ध्यानाकर्षण

इकागज | असार १०, २०८१

काठमाडौँ- सांसद मनिष झाले सङ्घीय संसद् सचिवालयका कर्मचारीले राखेका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले सचिवालयका कर्मचारीले राखेका माग सक्दो चाँडो समाधानका निम्ति सरकारको ध्यानाकर्षण गराए ।

सांसद रामकृष्ण यादवले मुलुकमा व्याप्त असुरक्षा, बेरोजगारी र भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग गरे । उनले किसानले दूधको भुक्तानी रकम पाउन नसकेको गुनासो गरे । 

सांसद रमा कोइरालाले संसद् सचिवालयका कर्मचारीका माग वार्ताको माध्यमबाट समाधान गरी समयमै संसद्को बैठक सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइन् । झापाका सुपारी किसान पछिल्लो समयमा मर्काका परेको उल्लेख गर्दै उनले सक्दो चाँडो सुपारी निर्यातको व्यवस्था गर्न माग गरिन् ।

सांसद कोइरालाले गैरकानुनी रूपमा कामदारका रूपमा इराक पुर्याउने काम भइरहेकाले श्रम मन्त्रालयको ध्यानाकर्षण गराए ।  

सहकारी प्रकरणको छानबिन गर्न बनेको समितिले न्याय दिन सक्दैन : चित्रबहादुर केसी

इकागज | असार १०, २०८१

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी प्रकरणको छानबिन गर्न बनेको समितिले ...