प्रमुख समाचार

कैलाश सिरोहियालाई पक्राउ गर्ने तरिका गलत भयो : माधव नेपाल

इकागज | जेठ ११, २०८१

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कैलाश सिरोहियालाई पक्राउ गर्ने तरिका गलत भएको बताएका छन् ।

ललितपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले कुनै विषयमा बुझ्न खोजे बोलाएर छलफल गर्न सकिने भए पनि सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गर्ने तरिका गलत भएको बताएका हुन् ।

अनुचित गरेको छ भने उचित ढंगले सजाय गर्न सकिने भएपनि गम्भीर अपराधी जस्तो पहिले नै गिरफ्तार गर्ने कामलाई परिवर्तन गर्नुपर्ने उनले बताए । अध्यक्ष नेपालले विषय एउटा र तर्साउन खोजेको अर्को भन्ने कुराहरू उठिरहेको भन्दै तर्साएर शासन गर्ने सोचिएको भए गलत भएको धारणा राखे ।

त्यस्तै नेपालले अहिले देखिएको राजनीतिक गतिरोध वार्ता र छलफलबाट समाधान गर्नुपर्नेमा जोड दिए । 

करिब ४५ मिनेटपछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

इकागज | जेठ ११, २०८१

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको करिब ४५ मिनेटपछि खुलेको छ । रनवेमा पाप्रो उप्किएर ब...

सरकार कथाको बाँदर जस्तै भयो, आफू घर बनाउँदैन अरूको पनि भत्काउँछ : मेयर बालेन

इकागज | जेठ ११, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले संघीय सरकारले घोषणा गरेको कार्यक्रम ब...

भिरमा मह काढेको छायाङ्कन गर्न नेशनल जियोग्राफी टोली म्याग्दीमा

इकागज | जेठ ११, २०८१

गलेश्वर (म्याग्दी)- भिर महको निकालेको दृश्य छायाङ्कन गर्न नेशनल जियोग्राफीको टोलीसहित स्पेन र जर्मनीका नाग...