प्रमुख समाचार

पोलको भाडा बुझाउन टेलिकमको आग्रह, नबुझाएमा सबै तार हटाउने चेतावनी

इकागज | जेठ ९, २०८१

काठमाडौँ- नेपाल टेलिकमको पोल प्रयोग गरी सेवा प्रदान गर्ने केवल टिभी अपरेटर र इन्टरनेट सर्भिस प्रोभाइडर कम्पनीहरूको तार हटाउने भएको छ । जेठ महिनाको अन्तिमसम्म भाडा नबुझाएमा सबै तार हटाउने टेलिकमले सूचना जारी गरेको छ ।

टिभी र इन्टरनेट कम्पनीहरूले पोल प्रयोग गर्न तुरुन्त सम्झौता गरी अनिवार्य रूपमा आर्थिक वर्ष २०८०–८१ सम्मको पोल भाडा बापतको रकम मिति २०८१ ज्येष्ठ मसान्तभित्र बुझाउन सूचनामा उल्लेख गरेको छ ।

सम्झौता तथा भाडा भुक्तानी नगरी पोल प्रयोग गर्न सेवा प्रदायकहरूको केबलहरू यस कम्पनीले २०८१ असार १ गतेदेखि कुनै पनि समयमा टेलिकमको पोलबाट हटाउन सक्ने र सोबाट उत्पन्न हुने परिस्थितिका लागि सेवा प्रदायक स्वयं नै जिम्मेवार हुने जनाएको छ ।

मिडियालाई तर्साउने उद्देश्यले सिरोहियालाई पक्राउ गर्नु खेदजनक : सभापति देउवा

इकागज | जेठ ९, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कान्तिपुर मिडिया पब्लिकेसनका...

सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन : शेखर कोइराला

इकागज | जेठ ८, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहि...

सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरिनु र पक्राउ गर्न प्रहरी कार्यालयमा पुग्नु अस्वीकार्य कदम : सिके राउत

इकागज | जेठ ८, २०८१

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जा...

जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दालाई बिमस्टेकले गम्भीरतापूर्वक लेओस् : राष्ट्रपति

इकागज | जेठ ८, २०८१

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले बिमस्टेकले जलवायु परिवर्तन र हिमाल जोगाउने साझा मुद्दालाई गम्भीरत...