प्रमुख समाचार

आर्थिक शिथिलता सुधार हुँदै गएपनि ढुक्क हुने अवस्था छैन : अर्थमन्त्री पुन

इकागज | बैशाख १९, २०८१

काठमाडौँ - अर्थमन्त्री वर्षमान पुनले मुलुकको आर्थिक शिथिलता सुधार हुँदै गएपनि ढुक्क हुने अवस्था नरहेको बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित दिगो आर्थिक विकासका लागि वित्त नीति विषयक कार्यक्रममा मन्त्री पुनले आर्थिक तथा बाह्य कारणले देखिएको आर्थिक शिथिलता सुधार हुँदै गएको भएपनि ढुक्क हुने अवस्था नरहेको बताएका हुन् । 

उनले  विभिन्न तथ्यांकहरुको आधारमा गतबर्ष भन्दा सुधार देखिएको जिकिर गरे । आर्थिक बर्ष सकिन तीन महिना बाँकी रहेको अवस्थामा यस बर्ष साढे चार प्रतिशत भन्दा माथि आर्थिक वृद्धि हुने मन्त्रालयको अनुमान रहेको उनले बताए । 

मन्त्री पुनले जलविद्युत लगायतका क्षेत्रमा केही राम्रो देखिएपनि निर्माण क्षेत्रमा भने समस्या देखिएको धारणा राखे । 

उनले किसानहरूलाई प्रोत्साहन गर्ने गरि आगामी कार्यक्रम ल्याउने बताए । आगामी नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिलाई मिलाएर लैजाने र जनतामा आशा जगाउने काम गर्ने उनको भनाइ छ । 

नयाँ हौँ भन्नेहरू र राजा ल्याउछौं भन्नेहरूको अवस्था पनि उपनिर्वाचनबाट थाहा भयो : ज्ञवाली

इकागज | बैशाख १९, २०८१

बैतडी- नेकपा एमालेका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदिप ज्ञवालीले इलाम र बझाङको उपनिर्वाचनले एमाल...

इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख नेपाल भ्रमणमा

इकागज | बैशाख १९, २०८१

काठमाडौँ- इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आइजीपी कृष्ण मुर्ती पाँच द...

रौतहटमा अत्यधिक गर्मीले खोलानाला सुके, पानी नपाएर मर्न थाले जनावर

इकागज | बैशाख १९, २०८१

रौतहट- जिल्लास्थित लाल वकैया नदिलगायत स-साना खोला नाला सुक्न थालेपछि चौपाया र चराचुरुङ्गी मर्न थालेका ...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री प्रचण्ड

इकागज | बैशाख १९, २०८१

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र...