प्रमुख समाचार

एमालेले मधेश सरकारबाट समर्थन फिर्ता लियो

सुभाष कर्ण | जेठ १, २०८०

जनकपुरधाम- नेकपा एमालेले मधेश सरकारबाट समर्थन फिर्ता लिएको छ । प्रदेशकाे सबैभन्दा ठूलो दलकाे रूपमा रहेकाे नेकपा एमाले सरकारबाट बाहिरिएको लामो समयपछि समर्थन फिर्ता लिएको हो ।

समर्थन फिर्ता लिएको जानकारी एमाले संसदीय दलले लिखित रूपमा प्रदेश प्रमुख हरिशंकर मिश्रलाई सोमबार साँझ जानकारी गराएको संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिएका छन् ।

मधेश सरकारमा चार वटा मन्त्रालय सम्हाल्दै आएको एमाले गत चैत २ गते नै सरकारबाट बाहिरिए पनि सरकारलाई भने समर्थन कायमै राखेको थियो । पार्टी नेतृत्व पंक्तिबाट आदेश आएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

गत पुस १० मा बनेको सात दलको गठबन्धन अनुसार एमाले केन्द्रसँगै मधेश प्रदेश सरकारमा सहभागी भएको थियो । राष्ट्रपति निर्वाचनमा माओवादीले गठबन्धन बदलेसँगै केन्द्र सरकारबाट बाहिरिएको एमालेले चैत २ गते मधेश सरकार छोडेको थियो ।

मधेश प्रदेश सभामा एमालेको २५ प्रदेश सभा सदस्य रहेका छन् । यता कांग्रेसको २२, लोसपाको ९ र एकीकृत समाजवादीको ७ प्रदेस सभा सदस्य रहेका छा् ।  यी तीनै दल सरकारमा सहभागी हुन तयार रहेका छन् ।

राजेन्द्र लिङ्देनले भने : प्रधानमन्त्री विदेशीको इसारामा चल्दा सरकार छोड्यौँ

इकागज | जेठ १, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रमुख राजनीतिक दलहरूका सत्ता केन्द्रित क्रियाकलापका कारण...

सांसदहरूले लगाउने पोशाक तय गरेको प्रति सुमना श्रेष्ठले जनाइन् आपत्ति

इकागज | जेठ १, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले प्रतिनिधिसभाले सांसदहरूले लगाउने...

शरणार्थी प्रकरणमा राष्ट्रद्रोह भएको छ, खुट्टा नकमाई सरकारले कारबाही गरोस् : माधवकुमार नेपाल

इकागज | जेठ १, २०८०

पर्सा- एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नक्कली शरणार्थी प्रकरणमा राष्ट्र द्रोह भएको ...

यार्सा टिप्‍न लेकतिर विद्यार्थी उक्लिन थालेपछि साइपालका विद्यालय असारसम्म विदा

इकागज | जेठ १, २०८०

कैलाली- बझाङको साइपाल गाउँपालिकाभित्रका विद्यालय आजदेखि असारसम्मका लागि बन्द भएको छ । अभिभावकसँगै विद्...