प्रमुख समाचार

दोस्रो अर्थशास्त्री सम्मेलन काठमाडौँमा हुने

इकागज | फागुन २५, २०७९

काठमाडौँ- दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन यही फागुन २६ र २७ गते काठमाडौँमा आयोजना हुने भएको छ । ‘आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान’ भन्ने नारा दिइएको सो सम्मेलन विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले आयोजना गर्ने भएको हो ।

अर्थतन्त्रका समसामयिक मुद्दामा बहस चलाइ समाधानका उपायसहित सरकार, राजनीतिक दल तथा नीति निर्माणमा संलग्न निकायलाई कार्यान्वयनका लागि सुझाव दिने उद्देश्य साथ दोस्रो अर्थशास्त्री सम्मेलन आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।

दुई दिने सम्मेलनमा १५ वटा समसामयिक विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । सम्मेलनमा लगानीमैत्री वातावरण निर्माण, स्वदेशी उद्योगको प्रवद्र्धन र सूचना प्रविधि क्षेत्रमा टेवा पुर्‍याउन अर्थतन्त्रका विभिन्न विषयवस्तुमाथि सम्मेलनमा छलफल हुनेछ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि रात्रिकालीन उडान

इकागज | फागुन २४, २०७९

कास्की- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भोलि (बिहीबार)देखि नियमित रूपमा रात्रिकालीन उडान सुरु हुन...

कान्छी प्राध्यापक डा. उर्मिलाको अपिल : जीवन रक्षा गरिदिनूहोस्

इकागज | फागुन २४, २०७९

काठमाडौँ- आज ८ मार्च विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेका बेला यसै अवसर पारेर एक प्राध्यापकले आफ्नो...

राष्ट्रपति भण्डारीको प्रशंसा गर्दै ओलीले भने- महिला दिदीबहिनीहरूले गौरव गर्नुपर्दछ

इकागज | फागुन २४, २०७९

काठमाडौँ - नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डार...