प्रमुख समाचार

तिहारमा​ जुवातास खेल्ने एक सय ६५ जना पक्राउ, ३५ लाख बरामद

इकागज | कात्तिक ३०, २०८०

​​काठमाडौँ- तिहारमा तास, लङ्गुर बुर्जा र जुवा खेलेको अभियोगमा एक सय ६५ जनालाई पक्राउ गरिएको छ । प्रहरीले उनीहरूका साथबाट ३४ लाख ६२ हजार आठ सय ८५ रुपैयाँ बरामद गरेको छ । 

यही कात्तिक ११ गतेदेखि आज बिहानसम्म काठमाडौँका १३, ललितपुरका चार र भक्तपुरका दुई स्थानबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई प्रक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले ६९ बुक तास, बीस हजार रुपैयाँको एक थान चेकसमेत बरामद गरेको छ ।

सोही अवधिमा प्रहरीले पटका बेचेको अभियोगमा आठ जनालाई नियन्त्रणमा लिएको थियो । उनीबाट विभिन्न प्रकारका ३० हजार थान पटका बरामद गरिएको थियो । उक्त अवधिमा काठमाडौँ उपत्यकामा १४ स्थानमा आगलागी भएको र त्यसबाट रु आठ करोड ७७ लाख ४५ हजार बराबरको क्षति भएको थियो । आगलागीमा परी भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं १ लोकन्थली बस्ने ८२ वर्षीय एक वृद्धको मृत्यु भएको थियो । लक्ष्मीपूजा गर्ने क्रममा आगलागी भएको थियो । 

सोही अवधिमा भएका सडक दुर्घटनामा सात जनाको मृत्यु र तीन सय ३० जना घाइते भएका थियो । करिब एक करोड बराबरको धनमाल चोरी भएको र शङ्कास्पद सात जनालाई पक्राउ गरिएको थियो । 

यसैबीच, केन्द्रीय प्रहरी समाचार कक्षले आज जनाएअनुसार कौडा खेलिरहेको अवस्थामा नुवाकोटबाट २१ जना तथा जुवातास खेलेको अभियोगमा सल्यानबाट १३ जनालाई पक्राउ गरिएको छ ।

गत वर्ष अध्ययनका लागि अमेरिका गए १५ हजार बढी नेपाली विद्यार्थी

इकागज | कात्तिक ३०, २०८०

काठमाडौँ- एकै वर्षमा अमेरिका अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या १५ हजार नाघेको छ ।​ नेपालस्थ...

अनुसूयाले व्रत बसेर पतिप्रेम प्राप्त गरेपछि मनाउन थालिएको थियो छठ

इकागज | कात्तिक ३०, २०८०

काठमाडौँ- राजधानीको विभिन्न स्थानमा छठ पूजाको तयारी थालिएको छ । गौरीघाट, कमलपोखरी, विष्णुमति, नख्खु, ...

अस्पताल लैजाँदा-लैजाँदै टेम्पो दुर्घटनामा घाइते दुई जनाको मृत्यु

इकागज | कात्तिक ३०, २०८०

अछाम- अछाममा टेम्पो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । कमलबजारबाट दैले...

५२ वर्षअघि भोकमरी खेपेको बंगलादेशले कृषिमा क्रान्ति ल्यायो, अब नेपालमा पनि उत्पादन बढाउनुपर्छ : सांसद श्रेष्ठ

इकागज | कात्तिक ३०, २०८०

काठमाडौँ- जनताले सांसदसँग साना–साना विकास निर्माणका कामको अपेक्षा गरिरहेका हुन्छन् । सांसदको का...

सीसँग चार घण्टा वार्तापछि बाइडनले भने- उहाँ सिधा मान्छे, मेरोभन्दा दृष्टिकोण फरक छ

इकागज | कात्तिक ३०, २०८०

सान फ्रासिन्सिको- अमेरिकी राष्ट्रपति जो बाइडन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचमा भेटवार्ता भएको छ । ...