प्रमुख समाचार

राष्ट्रिय क्रिकेट टोलीलाई विराटनगरमा भव्य स्वागत (फोटोफिचर)

बाबुराम भण्डारी | बैशाख २७, २०८०

विराटनगर । नेपालको राष्ट्रिय क्रिकेट टोलीलाई विराटनगरमा भव्य स्वागत गरिएको छ । विराटनगर विमानस्थलबाट उनीहरुलाई एयरपोर्ट मोड हुँदै बरगाछी–तिनपैनी–मेनरोड हुँदै रोडशेष चोक र त्यहाँबाट पुनः बरगाछी चोकसम्म परिक्रमा पनि गराइएको हो । 

आज बुधबार साँझ विराटनगरका तीन प्रमुख औद्याेगिक तथा व्यवसायिक संघसंस्थाहरुले संयुक्त रुपमा सम्मान गर्ने कार्यक्रममा सहभागी हुन राष्ट्रिय क्रिकेट टोली विराटनगर ओर्लिएको हो ।

विराटनगरमा अहिले ४० डिग्री तापक्रम रहेको छ । चर्को घामका बिच राष्ट्रिय टोलीका प्रशिक्षक मोन्टी देसाईसहित खेलाडीहरुले पिकअपको पछाडि उभिएर विराटनगर महानगरको मुख्य सडक हुँदै नगर परिक्रमा गरेका छन् । उनीहरुको स्वागतमा क्रिकेटप्रेमीसहित विराटनगरबासीले पनि गर्मी सहेर स्वागतका लागि समय खर्चिएका हुन् । एसिया कपको ट्रफी बोकेर उभिएका खेलाडीहरुलाई विराटनगरबासीले भव्य स्वागत गरे ।

विश्व क्रिकेटमा वर्चस्व कायम राख्ने टेष्ट मान्यता प्राप्त मुलुक भारत र पाकिस्तानसँग एसिया कप खेल्ने बाटो तय गरेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले संयुक्त रूपमा सम्मान गर्न लागेका छन् ।

राष्ट्रिय क्रिकेट टिमले एसिसी प्रिमियर कपमा ऐतिहासिक जित निकाल्दै एसीसीका लागि सुरक्षित गरेको छ । यसलाई नेपाली क्रिकेट खेल जगतमा अहिलेसम्मकै ठूलो उपलब्धिका रुपमा लिइएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमले नेपालकै गौरव उँचो बनाएको भन्दै उद्योगी व्यवसायी क्षेत्रले त्यसको खुसी साट्न खेलाडी सम्मान कार्यक्रम राखेका हुन् । उद्योग संगठन मोरङ कार्यसमिति सदस्य एवं पूर्व क्रिकेट खेलाडी पारस लुनियाको संयोजकत्वमा खेलाडी सम्मान कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

सुदूरपश्चिममा मन्त्रालय बाँडफाँटमा सहमति, मन्त्रीको नाम भने टुंगिएन

दीपक उपाध्याय | बैशाख २७, २०८०

धनगढी– सुदूरपश्चिमको सरकार विस्तारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच सहमति भएको छ । सरकारको भाग...

खाण पक्राउ परेपछि रवि लामिछानेको प्रतिक्रिया : धन्यवाद गृहमन्त्रीज्यू, धन्यवाद प्रधानमन्त्रीज्यू

इकागज | बैशाख २७, २०८०

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पुर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ प...

कोशीको विरोधमा आक्रमक बन्दै आन्दोलन : दमकमा गोली चल्यो, १० सुरक्षाकर्मी घाइते

इकागज | बैशाख २७, २०८०

झापा - कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै सुरू भएको दोसो चरणको आन्दोलनको पहिलो दिनमा झडप हु...