प्रमुख समाचार

आयरल्यान्डले पनि नेपालसँगै विश्वकप छनोट खेल्नुपर्ने

इकागज | बैशाख २७, २०८०

काठमाडौँ- आयरल्यान्डले पनि नेपालसँगै आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट खेल्नुपर्ने भएको छ । विश्वकप सुपर लिगअन्तर्गत मंगलबार आयरल्यान्ड र बंगलादेशबीचको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेल वर्षाका कारण पूरा हुन सकेन । जसका कारण आयरल्यान्डले जित्नै पर्ने खेलमा बंगलादेशसँग अंक बाड्नुपर्‍यो ।

अंक बाँडेसँगै आयरल्यान्डले सुपर लिगको शीर्ष आठमा स्थान बनाउन असफल रह्यो । यता आयरल्यान्डले बंगलादेशसँग अंक बाँडेसँगै दक्षिण अफ्रिकाले सुपर लिगको शीर्ष आठमा स्थान बनाउँदै यसै वर्ष भारतमा हुने विश्वकपमा स्थान सुरक्षित गरेको छ ।

आयरल्यान्डले विश्वकपमा स्थान बनाउनका लागि अब जिम्बाब्वेमा जुन १८ देखि जुलाई ९ तारिखसम्म आयोजना हुने विश्वकप छनोट खेल्नुपर्ने भएको छ ।

विश्वकप छनोटमा आयोजक जिम्बाब्वेसँगै वेस्ट इन्डिज, श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स, नेपाल, ओमान, स्कटल्यान्ड, युनाइटेड अरब इमिरेट्स र अमेरिका रहेका छन् । विश्वकप छनोटबाट दुई टोलीले विश्वकपमा स्थान सुरक्षित गर्नेछन् ।

विश्वकपमा भने आयोजक भारतसँगै इंग्ल्यान्ड, न्यूजिल्यान्ड, पाकिस्तान, अस्ट्रेलिया, बंगलादेश, अफगानिस्तान र बंगलादेशले स्थान सुरक्षित गरिसकेका छन् ।

फरार रायमाझीबारे गुरुङले भने : एमाले कानुनको शासन मान्ने पार्टी हो, अनुसन्धानमा सहयोग गर्छ

इकागज | बैशाख २६, २०८०

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भुटानी शरणार्थी प्रकरणमा फरार रहेका टोपब...

अवैध रूपमा वैदेशिक रोजगारीमा गएकाहरूलाई एक पटकका लागि वैधता दिने सरकारको तयारी

इकागज | बैशाख २६, २०८०

काठमाडौँ- सरकारले अवैधानिक रूपबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका नेपाली नागरिकहरूला...