प्रमुख समाचार

फ्रान्समा रेल चालकको आत्महत्याले रेल सेवा अवरुद्ध

इकागज | पुस १०, २०८१

फ्रान्स - एक रेल चालकले ड्युटीमा रहँदा गरेको आत्महत्याले रेल यातायातमा व्यापक ढिलाइ भएको फ्रान्सको रेल सञ्चालक एसएनसिएफले बुधबार जनाएको छ ।

मङ्गलबारदेखि बुधबारसम्म फैलिएको पेरिस र दक्षिणपूर्वी फ्रान्सबीचको रेल सेवामा ढिलाइका कारण करिब तीन हजार यात्रु प्रभावित भएका छन् । 

यात्राका लागि असाधारण रूपमा व्यस्त समय क्रिसमसको पूर्वसन्ध्यामा आत्महत्या गरेपछि मङ्गलबार करिब १० वटा उच्च गतिको (टिजिभी) रेलहरू पाँच घन्टासम्म ढिलाइ भएका थिए । 

पेरिसको दक्षिणपूर्वमा रहेको मेलुनस्थित अभियोजकको कार्यालयले चालकले चलिरहेको रेलबाट उफ्रेर आत्महत्या गरेको देखिएको बताएको छ । उनको शव पछि रेलमार्ग नजिकै फेला परेको थियो ।

कार्यालयका अनुसार चालकविना नियन्त्रणमा रहेको रेलको स्वचालित आपत्कालीन प्रक्रिया सक्रिय भएकाले रेल रोकियो ।

मृत्युको परिस्थितिबारे अनुसन्धान जारी छ ।

एसएनसिएफले चालकको मृत्युको पुष्टि गर्दै उनले ‘रेल चल्दै गर्दा आत्महत्या गरेको’ बताएको छ ।  रेलमा यात्रुहरूको सुरक्षामा वा नेटवर्कमा अन्यत्र सेवाहरूमा कुनै खतरा नभएको एसएनसिएफले बताएको छ । 

बुधबार रेल यातायात ‘क्रमिक रूपमा पुनः सुरु’ भइरहेको थियो । यद्यपि एसएनसिएफले केही सम्भावित थप ढिलाइको चेतावनी दिएको छ ।

अर्थतन्त्र चलायमान र लयमा ल्याउन सरकारले काम गरिरहेको छ : मन्त्री सिंह

इकागज | पुस १०, २०८१

काठमाडौँ- उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान र लयमा ल्याउन सरकारले काम ग...

ओलम्पिक कमिटीका अधिकांश निर्विरोध, अध्यक्षमा भने तीन जनाबीच निर्वाचन हुने

इकागज | पुस १०, २०८१

काठमाडौँ- नेपाल ओलम्पिक कमिटिको भावी नेतृत्वका लागि अब अध्यक्षमा मात्रै प्रतिस्पर्धा हुने भएको छ । अध्य...

लिम्बु समुदायको बाहुल्यता रहेको माङ्सेबुङ : जहाँ चल्दैन् मासु र मदिरा

इकागज | पुस १०, २०८१

मङ्गलवारे (इलाम)- इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ । लिम्बु समुदाय बाहुल्यता रहेक...

नेपालको विविधता विश्व समुदायकै लागि एक महत्वपूर्ण पुँजी : उपाध्यक्ष घिमिरे

इकागज | पुस १०, २०८१

काठमाडौँ- राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले जातीय, भाषिक, सांस्कृतिक तथा धार्मिक विविधता नेपालका ...