प्रमुख समाचार

हटियागोला खाद्य डिपोमा १५ महिनादेखि चामल अभाव

इकागज | असोज २३, २०८१

किमाथाङ्का (सङ्खुवासभा)- जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा रहेको हटियागोला खाद्य डिपोमा चामल अभाव भएको छ ।
 
वार्षिक खाद्यान्न कोटा पाँच सय क्विन्टल मात्र भएकाले स्थानीयले अनुदानको चामल पाउन सकेका छैनन् । खाद्य डिपोमा १५ महिनादेखि चामल अभाव भएको हो । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनुदानको चामल प्रशासनिक प्रक्रिया समयमा पूरा नहुँदा आपूर्ति गर्न नसकेको जनाएको छ । हटियागोला खाद्य डिपोमा गत वर्षदेखि चामल अभाव हुँदा समस्या भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताए ।

जिल्ला प्रशासन कार्यालयमार्फत प्रादेशिक खाद्य व्यवस्था तथा व्यापार कम्पनी विराटनगर र केन्द्रीय कार्यालय काठमाडौँलाई पत्राचार गरिएको भए पनि चाडबाडको समयमा समेत हटियागोला खाद्य डिपोमा चामल नआएको गाउँपालिका अध्यक्ष भोटेको गुनासो गरे ।

डिपोमा चामल अभाव भएको र किमाथाङ्कानाका सीमापारिको चीनको चाँगामा पहिराका कारण नाका बन्द हुँदा भोटखोलावासीलाई थप समस्या भएको अध्यक्ष भोटेले बताए । भोटखोला गाउँपालिकाका अधिकांश नागरिक खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजार चाँगा र देन्दाङमा निर्भर रहँदै आएका छन् ।

चीनको चाँगामा पहिरो खसेका कारण असोज १२ गतेदेखि आवागमनमा रोक लगाइएको छ । सदरमुकाम खाँदबारीमा एक हजार पाँच सय क्विन्टल र उत्तरी क्षेत्र भोटखोलामा पाँच सय क्विन्टलको कोटा तोकिएको छ । रासस

नागढुङ्गा-मुग्लिन सडकमा यात्रा गर्दै हुनुहुन्छ ? जोखिम छ तर आत्तिनु पर्दैन !

इकागज | असोज २३, २०८१

मलेखु (धादिङ)- सडक कुनाको भित्ताबाट खसेका ससाना पहिरो नालीमै छन् । आवतजावत छेकिनेगरी झरेका पहिरो पन्...

कमजोर हुँदै मनसुन

इकागज | असोज २३, २०८१

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशका पूर्वी भागमा मनसुनी वाय...

हुलाक सेवालाई विद्युतीय व्यापार केन्द्र बनाउन सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ

इकागज | असोज २३, २०८१

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल हुलाक सेवालाई आन्तरिक र अन्तर्राष्ट्रि...

डलरको भाउ घट्दा यूरोको बढ्यो, अन्य विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

इकागज | असोज २३, २०८१

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अन...

राष्ट्रपतिसमक्ष निर्वाचन र महिला आयोगका प्रतिवेदन प्रस्तुत

इकागज | असोज २२, २०८१

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग र राष्ट्रिय महिला आयोगका बेग्लाबेग्लै वार्षिक प्रतिवे...