प्रमुख समाचार

एमालेप्रति विश्वप्रकाशको टिप्पणी- कांग्रेसले बनाएको कार्यालयप्रति सबै सदस्यको मन जोडिएको छ

इकागज | असोज २९, २०८१

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेले भाटभटेनीका संचालक मीन बहादुर गुरुङको सहयोगमा उनको जमिनमा पार्टी कार्यालय बनाउन लागेको विषयप्रति टिप्पणी गरेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राज्यले ठूला व्यवसायीलाई भूकम्प प्रभावितलाई घर बनाउन, पुल बनाउन, गाउँमा विद्यालय र स्वास्थ्य चौकी निर्माण गर्न भन्न मिल्ने भन्दै टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्- प्रधानमन्त्रीज्यू,  राज्यले ठूला व्यवसायीलाई अपील गर्न मिल्छ-
- भुकम्प प्रभावितलाई हजार घर बनाइदेउ ।
- अनि बाढिले नबग्ने सय पुल ।
- गाउँमा शैक्षिक संस्था र स्वास्थचौकी ।

अझ ठुलो 'दान' लिनेदिने भए- देशलाई ऋणमुक्त बनाउन मुठ्ठी खोलेर साथ देउ, यस्तो पनि त भन्न र गर्न मिल्छ ।

उनले कांग्रेसले आफ्ना तत्कालीन चार लाख सदस्यको सहयोगमा पार्टी कार्यालय बनाएको उल्लेख गर्दै स्वदेश र विदेशमा रहेका सबै सदस्यले यसप्रति गर्व गर्ने बताए । 

उनले भने, 'स्वदेश र विदेशमा रहेका हरेक काँग्रेस सदस्य गर्व गर्छन्, हाम्रो केन्द्रीय कार्यालय 'हामीले' बनाएका हौं । हो, कयौं व्यवसायीको ससानो धन पनि यो निर्माणमा जोडिएको छ । तर  मुलत पार्टी सदस्यको 'मन' जोडिएको छ । यो बन्दै गर्दा उस बेलाका ४ लाख बढी कृयाशील सदस्यताको रकम यसमा प्रयोग भएको छ ।'

हुलाकी राजमार्गअन्तर्गत कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा समस्या

इकागज | असोज २८, २०८१

राजविराज (सप्तरी)- हुलाकी राजमार्गअन्तर्गत राजविराज–कञ्चनपुर जोड्ने सप्तरीको अग्निसाइरकृष्ण सवरण गाउ...