प्रमुख समाचार

तीन जिल्ला कमिटी बिघटन गरेर एमालेले तोक्यो अधिवेशन मिति

इकागज | फागुन ६, २०७९

जनकपुर- नेकपा एमालेले महोत्तरी, पर्सा र रौतहट गरी ३ जिल्ला कमिटी विघटन गरेको छ ।

जनकपुरधाममा बसेको एमाले मधेस प्रदेश सचिवालय बैठकले ३ जिल्ला कमिटी बिघटनको निर्णय गरेको हो । एमालेका अनुसार  बिघटित  जिल्लाहरुकाे अधिबेसन ताेकिएकाे छ । 

साथै सो बैठकले वैशाख १४ र १५ गते महोत्तरी, वैशाख १७ र १८ गते पर्सा र वैशाख २० र २१ गते रौतहटमा जिल्ला अधिवेशन गर्ने निर्णयसमेत गरेको छ ।

उनका अनुसार अधिवेशनको बेला बिवाद भएका कारण महोत्तरी, पर्सा र रौतहट जिल्ला कार्य समिती विघटन गरिएको हो । जिल्ला अधिवेसन पछि नयाँ नेतृत्व आउनेछ ।

सो बैठकमा प्रदेश अध्यक्ष राम औतार यादव, मधेश प्रदेश ईन्चार्ज रघुबिर महासेठ, सह ईन्चार्ज पुरुषोत्तम पौडेल, नेताहरु सुमन प्याकुरेल, लिलानाथ श्रेष्ठ, कृषिमन्त्री ज्वाला साह, सांसद अच्युत मैनाली मधेस प्रदेशमा कार्यरत शिर्ष नेतृत्वको उपस्थिति थियो ।

आज शिवरात्री

इकागज | फागुन ६, २०७९

काठमाडौँ- हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि आज पशुपतिनाथसहित देशभरका शिवालयहरुमा भगवान् शिवको...

स्वच्छता अभियानमा भ्रष्टाचार भएको मुख्यमन्त्री यादवको दाबी

सुभाष कर्ण | फागुन ५, २०७९

जनकपुरधाम- मुख्यमन्त्री स्वच्छता अभियानमा भ्रष्टाचार भएको मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले द...